गजल : यती सम्मन् भएको हाल्

~लक्ष्मीदत्त पन्त~

यती सम्मन् भएको हाल् कि ऊ जानोस् कि मै जानूँ,
कि उस्तैक्कै भए जान्ला कि ऊ जानोस् कि मैं जानूँ ।।

यसो हेर्दा त बेसै छौं, दुवै एक् ठाउँ डुल्दैछौं,
मिलेका छौं कि फाटेका कि ऊ जानोस् कि मैं जानूँ ।।

मिजायस् वात औसर्मा हुँदा छौं एक नै हामी,
कहाँ सम्मन् छ भित्री पेच, क ऊ जानोस् कि मैं जानूँ ।।

सरम्‌ले बाँधियौं सार्हैे रती डेग् चल्न शक्तैनौं,
छ मन्सुव् मिल्न काँहाँ तक्, कि ऊ जानोस् कि मैं जानूँ ।।

ठूलो चोट् इस्कको पर्दा कलेजा भो छिया छीया,
भनौ मन्का कुरा काँहाँ, कि ऊ जानोस् कि मैं जानूँ ।।

यता बर्षन्छ मेघ् धारा, उता चम् चम् विजूलीको,
म इन्दू के भए हुँला, कि ऊ जानोस् कि मैं जानू ।।

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in गजल and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *