गजल : मात्तिएका अनुहारहरु

~रवि प्राञ्जल~Ravi Pranjal

गल्ली-गल्ली भेटें कती, मात्तिएका अनुहारहरु
विष पिएर बाँचे कती, च्यात्तिएका अनुहारहरु

फक्रेका ति फूलहरु, ओइलिगए अँध्यारोमा
वाध्यताले झुकिरहे, आत्तिएका अनुहारहरु

कती जिउँदा लाशहरु, सिक्काभित्रै बिकिरहे
सेलाउँदै गए छिनमै, तत्तिएका अनुहारहरु

बेदाग थे फूल कठै ! दाग त्यहाँ लागिरह्यो
निला भए गुराँसका रात्तिएका अनुहारहरु

जून्-तारा बादलभित्र छाँद हाली रोईरहे
हाँसिरहे खिज्याउँदै, पात्तिएका अनुहारहरु

२०४७ सालमा प्रकाशित गीत गजलसँग्रह ‘घामका झुल्काहरू’ भित्र सञ्चयित एउटा गजल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *