छोक : घामजूनको प्रेम

~रुमानी राई~rumani-rai

वैंशले,
धपक्क बलेकी जून
रातभरी आकासमा चुपचाप रोइरहन्छे
घामको यादमा
र, रातको अन्तिम प्रहर
घामले धर्ती चुम्नु अगावै
झर्छे शीत बनेर
फूलहरुमा
पातहरुमा ।

वियोगी घाम,
जूनको तृष्णा मेटाउँछ
त्यही शीत चुमेर !

[ ३० जुलाई २०१४, मलेसिया ]

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.