बाल कविता : मेरो देश

~रन्जन पटेल~

पहाड, हिमाल अग्ला देखिए आाखाले
बोकी ल्यायो तराई वनको मीठो हावाले
सानो तर विशाल विश्वमा छ यसको नाउा
पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा

छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि
मनाइन्छ रमणीय, ऋषिद्वारा रामायण सुनी
अग्लो सगरमाथा बोकेर विशाल सोलुखुम्बु
प्रख्यात भएछ विश्वमा छरेर मीठो खुशबु

मेचीदेखि महाकाली छैन नदी यसका खाली
कृषिप्रधान देश यो, सुखी हुन्छन् किसान पाई बाली
चिनिन्छौं धनी गोर्खाली हौं हामी वीर नेपाली
पाइन्छ यहाा बिहान बहुगुणी प्यारो मलाई

मेरो जन्मभूमि पारे स्वतन्त्र हामीलाई
सम्झना गरौं शहीदलाई सुन्दर हाम्रो घर सजाऊ हामी दाजुभाइ
सुन्दरताले भरिएको जातीय एकतामा रङ्गिएको
बागमती बगेको, सूर्य र चन्द्र रहेको
नेपाली वीर हुा नेपाल छ मलाई प्यारो
गर्छु सधैं रक्षा म यसको राखी शिर ठाडो ।

–कक्षा: १०, गौतम मावि, वीरगंज

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.