कविता : मुक्ति

~बैधनाथ ठाकुर~

कस्तो आध्यारो रात
लाटोकोसेरो तिखार्दैछ दाात
आपत छ बिचरा मुसाहरुलाई
मुश्किल छ जोहो गर्न जीवन धान्नलाई
डरलाग्दो गरी कुकुर रोइरहेछ
स्याल र ब्वाासाहरु दार्‍हा किटिरहेछ
खोइ, बिहानी कतिखेर हुने हो ?
आध्याराका शत्रुबाट कसरी मुक्ति पाउने हो
त्यसो त प्रत्येक दिन रातपछि दिन हुन्छ
उज्यालोमा चिलहरु आकाशमा फनफनी घुम्छ
बिचरा मुसाहरुलाई के दिन के रात ?
चौबीसै घण्टा असुरक्षाको घेरामा
युगौंदेखि त्रासदीपूर्ण जीवन बिताइरहेछ
कतिखेर कालो सर्पको हमला दुलोभित्रै हुने हो
हेर्दाहेर्दै टप्प टिपेर चिलले जीवन समाप्त पार्ने हो
बिरालोको म्याउ–म्याउले थर्किन्छ सारा बस्ती
दिन होस् वा रात बिचरा मुसालाई जीवनभरि सास्ती ।

– प्रगतिनगर, वीरगंज–३

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.