व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~

सुशीलजीको तोते बोली
सुन्दा मीठो लाग्छ ।

देउवाजीको लटपटाउँदो बोली
नसुनी मन भाग्छ ।।

भट्टराईजीको मुख कम
नाक बढी बोल्छ ।

प्रचण्डजीको भाषणमा
जीऊ बढी चल्छ ।।

बोल्दाखेरी झलनाथजीको
किन टाउको बढी काप्छ ।

माधव नेपाल, केपी ओली
बोल्छन् स्पष्ट ।।

जहाँ उठ्छ हकको कुरा
नारीबिना रहन्छ अधुरो ।

विद्या, सुजाता, सरीताको सुन्दा कुरा
लाग्छ हुँदैन कहिलै त्यो कुरा ।।

महन्थ, उपेन्द्र, अनिलको
सुन्दा भाषण ।

लाग्छ नेपालमा आयो
विदेशीको शासन ।

– सञ्जय संयोग, झौवागुठी मावि

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.