कविता : देश बनाउने लोभ देखाइ मन्त्री बने नेता

~जानवी चिमोरिया~

देश बनाउने आशामा जनताले
नेतालाई मन्त्री बनाए
देशलाई लुटी नेताले
आफ्नो र आफन्तको भुाडी भराए ।

यो संसारलाई अज्ञानतामा राखी
देशको ढुकुटी रित्याए
संविधान र देश बनाउने लोभ देखा
निर्दोष जनतालाई कार्टुन बनाए

विदेशतिर जान्छन् हात फैलाउन
अलिकति भएको इज्जत पनि माटोमैं मिलाए
देशमा सधैं अशान्ति र हिंसा निम्त्याए

युवाको सीप र ज्ञानलाई
विदेशतिर पठाए
देशको भविष्यलाई आज हेर
लथालिङ्ग र भताभुङ्ग बनाए

अब जाग जनता हो जाग
भ्रष्टाचार नेतालाई त्याग
नेताहरुको मनोमानीलाई सिध्याऔं
देशको भविष्यलाई जोगाऔं ।

–घडीअर्वा, वीरगंज–१३

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.