कथा : म भित्रका महरु

~रजित ओझा~Rajit Ojha

भाग १

“यो सिट मेरो हो शायद”

झ्यालमा बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।

“होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।”

आवाज मधुरो थियो ,  मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि ‘पल्पसा क्याफे’ बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।

” स्पेस कम भयो ब्याग छिर्दै छिरेन !” म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर त्यो मौका म बाट खोस्यो ।अनि बसे पछि उ मुस्कुराई मानौ म उठेको मात्रलाई पनि उ धन्यवाद दिन चाहन्छे ।पल्पसा क्याफे चरमोत्कर्षमाँ भएर होला मेरो उ तिर ध्यान कम नै थियो ।बाटोको गोलघुम्तिसँग रिस पनि उठ्दै थियो मन नलागि नलागि भएपनि उ र म ठोक्किरहेका थियौ ।बिस्तारै बिस्तारै अँध्यारो आफ्नो साम्राज्य फैलाउने होडमा थियो । मोबायल को एयरफोन कानैमाँ मिठो धुन गुन्गुनाईरहेको थियो ।एक्कासी उ मेरो अगाडि आएर कानको एयरफोन हटाउन ईशारा गरी ।

“लामो यात्रामाँ परिचय जत्ति चाँडो भयो त्यत्ति राम्रो होइन र ?”

म फगत मुस्कुराएँ  , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।

“तपाइँको भोलि एक्जाम छ हो ?”

” किन ?” यसपाली मेरो उत्सुकता बढ्यो ।

“you seem so much  into this book !” उ हाँसी।

“राम्रो छ नि त ।” मैले पाना पल्टाउँदै भने ।

” एउटा कुरा भनौँ ?”

” के कुरा भन्नुहोस न !”

” यसमाँ पल्पसा मर्छे नि !”

मलाई एकचोटी झनक्क रिस उठ्यो । उ कसरि यस्तो गर्न सक्छे । एकै चोटि त्यो किताब रस निचोरिएर खोस्टा मात्र बाँकि भए झैँ लाग्यो । उ भने पेट मिची मिची हाँसिरहेकि थिई । पहिलो भेट ,how dare she ……?

“सरि , मैले यत्ति नभनेको भए तपाइँ किताब छोड्नु नै हुने थिएन ।हाम्रो परिचय अधुरै रहन्थ्यो । “

“मेरो नाम प्रतिक , प्रतिक रेग्मी ।”

“मेरो पल्पसा” उ फेरि हाँस्न थाली । “सरि सरि मेरो नाम निशा “

“बिराटनगर कुनै खास कारणले हो ?”

“ट्रेनिङ छ ।तपाइँ नि ?” प्रश्न सोध्नु जरुरि थियो ।

” रिसर्च हो ! i m doing masters in criminal psychology , किड्न्यापिङ केसहरु सँग रिलेटेड रिसर्च हो ।”

“Really ? need guts !!!!!!!!! ,तर नेपालमाँ त criminal psychology पढाइ हुन्न नि , होइन र ?”

“म भख्खर हो आएको , सरे युनिभर्सिटि बाट ,its in UK , चिप्स? ” उसले आफुले भख्खर खोलेको चिप्स म तिर तेर्स्याई । मैले उस्को अनुहार हेर्दै अफ्ठ्यारो मान्दै दुई वटा चिप्स उठाएँ । she was too young to do the research !

” i have to show something to you “

“के हो ?” म उत्सुक भएँ ।

मोबायल उठाएर उस्ले पर्तिरको सिटको माथि देखाई । ७ र ८ नम्बर भन्दा माथी “अपरिचित ब्यक्तिले दिएको कुनै पनि बस्तु सेवन नगर्नुहोला” भनेर लेखिएको थियो ।

“Now…….. you are in danger !”

“stop” म हाँसे ।उ हरेक भेटमाँ जिउन खोज्छे एउटा जीवन जस्तो लाग्यो मलाई ।

” May i call u तिमी” मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मैले यत्ति धेरै अपरिचित केटिहरु सँग बोलेको छुइन अहिले सम्म ।

“sure ………गफ गर्न सजिलो हुन्छ , तर म पनि तिमी नै भन्छु नि !”

” तिमी फ्लाइटबाट किन नआएको ?”

” मलाई बसको यात्रा एकदम मन पर्छ । नयाँ नयाँ सहयात्रि पाइन्छ । तिमीसँग भेट हुन जुरेको रहेछ ,त्यसैले होला “

“तिमी असाध्यै कम बोल्छौ ।” एक छिनको मौनता चिरेर उ फेरि शुरु भई । मलाई उङ लाग्न थालिसकेको थियो ।

“अनी तिमी असाध्यै धेरै ।” मैले आँखा चिम्लीचिम्ली जवाफ फर्काएँ ।

“तिमी अरु भन्दा भिन्न छौ ।” उसको इशारा शायद मेरो एप्पियरेन्सतिर थियो ।

” भिन्न भन्नाले ?”

” भिन्न भन्नाले भिन्न , असाधारण , भिँडमाँ बेग्लै ।”

“राम्रो मा कि नराम्रो मा ?” मैले हाँस्दै भने ।

“राम्रो मा नि यार ।केटाहरुमा यस्तो लजालुपन धेरै कममाँ हुन्छ ।”

“मलाइ थाहा छ म कति राम्रो छु ।”

“मान्छेले आफुलाई अरुको आँखाबाट पनि हेर्न सक्नुपर्छ ।”

म धेरै बेर  आशय बुझ्न ती शब्दहरु खेलाइरहेँ ।बिहान बस बाट ओर्लिँदै गर्दा उस्ले मलाई हेरेर हाँसी ।

“always think that you are a gem………….तिमी सँग यात्रा रमाइलो रह्यो ।” यो अन्तिम वाक्य थियो उस्को । ऊसको टि-शर्टको पछि “dont stare at me” लेखिएको थियो तर किन किन मैले उबाट नजर हटाउन सकिन ।

भाग २

काठमाण्डौ ,बानेश्वर
बिहानको -९:३०

मोबायल भाईब्रेट हुँदापनि मैले गोजिसम्म हात पुर्याउन सकिन ।त्यति भिड थियो नेपाल यातायात ,कल पक्कै पनि सुमनको नै हुनुपर्छ बल्ल आइपुगेछ ,म भने त्यत्रो बेर पर्खे ,कल लागेन अनि आज नआउने होला भनेर न हिँडेको हुँ । जोशका साथ कन्डक्टर भिँड चिर्न खोज्दै थियो । “उसको पेटमाँ माड छिराउने” भीड ।
“ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।” मेरा दुई खुट्टाको बिचबाट उसले बाटो बनाउन खोजेपछि म आत्तिदैँ कराएँ ।

“चप्पल खस्यो क्या” मैले सोचे जस्तो होइन रहेछ ।

“कल उठाउँदा पनि नउठाउने हाम्रो त यार ,बिराटनगर माँ ट्रेनिङमा कोहि भेटिस् कि क्या हो?”

“नेपाल यातायतको भीँड देखेको भए भन्दिनथिस्”

“प्रतिकले को भेटेको अरे ?” शर्मिला पनि मेरै टेबल अगाडी आइ ।

“के मतलब जो भेटे पनि ,यस्ले गफ गर्ने होइन क्यारे “

मलाई झल्याँस्स निशा अनि ऊसले “तिमी असाध्यै कम बोल्छौ ।”भनेको याद आयो ।यसपालि बिराटनगरबाट धेरै याद बोकेर आएँ म ।यस्ती केटि भेट्टाएँ जस्ले बिजुलीको गतिमाँ मनमा छाप छोडी । के निशासँग फेरि भेट होला ? थाहा छैन , सन्सार सानो छ भन्छन् ।

“होइन यो त टोलायो त !”सुमनले मेरो तन्द्रा भङ्ग गर्यो ।

“काम गर न गएर ,खालि मेरो टेबल अगाडी गफ चुटेर बसिरहन्छ ।”

मेरा शब्दहरुले दुवैलाई काम गरे ।दुवै आ-आफ्ना टेबलमाँ ब्यस्त भए।

फेरि उठेर शर्मिला सँग गफ गर्दै थियो सुमन ,एकछिन मात्रै हो सुमन एक ठाउँमा बस्न सक्ने , धैर्यता बाँड्ने बेलामा अलिकति कन्जुसि गरेछन् भगवानले ,साथि भनेपछि मरिमेट्छ । तिनजनाको च्याम्बर टाँसिएको छ , उ साधारणत: कुहिनो स्पेसिङको माथि राखेर बोलीराखेको हुन्छ ।हामी तिनै जना “IOE” माँ सँगै पढ्यौँ ,शर्मिला भने फ्र्याङ्क मलाई दुवैजना कम बोल्छस् भन्छन ।

“थाहा पाइस  बन्द भएछ ?”

“हो र ? तेरो बाइक छँदै छ नि !”

म शर्मिलालाई पुर्याएर आउँछु तँ कृष्णमन्दिर अगाडि बस ल ।

“ल ल जा”

आजको यो अचानकको काठमाण्डौ बन्दले म कृष्णमन्दिर तिर लागेँ ।

कृष्णमन्दिर ,सँधै जस्तै भिँड थियो । बन्द बाट अनभिग्य थियो । अचानक पर मैले चिनेको आकृति देखेँ । “निशा”

के म नजिक गएर बोलौँ ?यो भन्दा अगाडी एकचोटि त हो भेट भएको , तर हरेक भेट कुनै न कुनै बेला त पहिलोपटक नै हुन्छ ।”Is this the frequency or depth in the talk that matters?”

“अरे प्रतिक तिमी ?come on lets have some spice there “उसको ईशारा छेवैको पसलको पानीपुरि तिर थियो । उस्को बोलिमा परिवर्तन थिएन ,मानौ हामीले जहाँ बाट यात्रा टुंग्याएका थियौँ उ त्यहिँबाट शुरु गर्न चाहन्थी ।उस्ले यसपाली पनि मलाइ रिएक्ट गर्ने मौका दिइन ।

“सरि , मलाइ कोल्डको एलर्जि छ ।”

“केटी सँग हिड्न डराएको ?”

“होइन ।”

“I am masters in psychology ,बिर्सेको त छैनौ नि?” उ हाँसी ।

“साँच्चै , मलाइ कोल्डको एलर्जि छ ।”

“come on ,एक चोटी पानीपुरि खाएर तिम्रो जात भ्रष्ट हुँदैन के ” उस्ले अझै जिद्दी गरी । त्यस्पालि भने  मैले त्यो आग्रह टार्न सकिन ।

“अनि तिमी कसरि नि यहाँ ” मैले प्रश्न गरे ।

“बिराटनगरको काम सिद्दियो ,  so back to home .तिमी नि?”

“अफिस बाट फर्केको ,बन्दले गर्दा यता बाट हिँडेको ।”

“बन्द ,for good reasons.”

“किन?”

“नत्र तिम्रो र मेरो भेट हुन्थ्यो त ? See , I have added spice in your tongue ,त्यसको बदला तिमीले मलाई खाजा खुवाउनु पर्छ ।”

म आज बिहानको सोच , काठमाण्डौ बन्द , कृष्णमन्दिर र  मेरो भाग्य सम्झेर हैरान भइरहेको थिएँ । हात कमाउँदै , कमाउँदै मैले मोबायलको स्वीच अफ गरेँ ,नत्र सुमन फर्केर नभेटेपछि त कल गरि हाल्थ्यो ।तर मैले किन त्यस्तो गरेँ  आफैलाई थाहा हुन सकेन । अनि हामी दुवैजना खाजा खाने ठाउँको खोजिमाँ लाग्यौँ ।

भाग ३

बानेश्वरतिर आकाश कालो थियो ,धूवाँको मुस्लोमा । टायरकै हुनुपर्छ ।

“यो देशको ज्वरो पनि कहिले निको हुने हो खोइ ?”

उसले सुस्केराका साथ आकाश नियाल्दै भनी । सुमनले भने जस्तै केटीहरु रहस्यमयी हुन्छन् ।

अहिले सम्म मैले यो केटीलाई यस्तो गफ गरेको सुनेको थिएन ,यसपालि सुनेँ , मैले पुलुक्क उ तिर नियाँले ।

उ यसपालि गम्भिर थिई मेरो नियालाई प्रति अनभिग्य ।

“बाहिर बसेको मान्छेलाइ पनि नेपालको कति माया लागेको ?”

“क गर्नु मन न पर्यो ,माया को कुरामा वशमैँ रहदैँन।”

“तिम्रो काठमाण्डौमाँ कोहि साथि छैन ?”

“तिमी छौ नि के त?”

“छन त छु ।”

“यो शहर मेरो निम्ति तिमी जस्तै नयाँ छ । पहिलेका साथि छैनन् , नयाँ साथि हरु बनाउने प्रयासमाँ छु ।”

पुलुक्क उठेका ठुला  आँखाहरुको मेरो तर्फ नै इशारा थियो शायद ।

उसले शब्दहरु लाई गोल घुम्ति घुमाई ।म सँग शब्द हरु थिएनन उ सँग प्रतिस्पर्धा गर्न , थोरै समय  हामि मौन नै रह्यौँ ।

साँझको बेलामा भित्रको पहेँलो प्रकाश मौनताको पर्यायवाचि बन्यो।

“तिम्रो रिसर्च कहाँ पुग्यो त ?” मैले मौनता चिर्दै प्रश्न राखेँ ।

“भइ राखेको छ , टपिक्स कम्प्लेक्स छ सजिलै कहाँ सिद्दिन्छ र?”म तिर हेरेर मुसुक्क हाँस्दै भनी।

“रिसर्च भने पछि मैले सम्झे ,I have to go now.”रिसर्चको टपिक्स मेरो लागि खासै फलदायी रहेन ।

ऊसको त्यहि सिलसिलामा एउटा वकिल भेट्न जानु रहेछ ।

“ठिकै छ नि त ,अरु दिन पनि यसरि नै भेट होला नि त ।”

“यसरि किन ?अब त फिक्स गरेर हुन्छ , अचानक त एक चोटि हुन्छ दुई चोटि हुन्छ तेस्रो चोटि पनि खोजेर हुन्छ ? म विश्वास गर्दिन यस्तो सम्योगमाँ !”

“संसार सानो छ ।”

“मोबायल नम्बर देउ त , एउटी राम्री केटीले मोबायल नम्बर माँग्दैछे ,सोच तिमी कति ह्यान्सम छौ ,”

उसले आफ्नो वा मेरो तारिफ गरेको मलाई छुट्याउन गारो भयो ।

“ओके ,बाई । ” मोबायलमाँ आँखा भए पनि ध्यान म तिरै रहेछ ,बिल पे गरे पछि  हामी दुवै बाहिर निस्कियौँ अनि उ बिस्तारै भिँडमाँ हराई ।

“ओइ ,हिजो तँ कहाँ हराएको?”भोलिपल्ट अफिस पुग्नासाथ सुमनले खाउँला झै गर्दै सोध्यो।तर यो प्रश्न यस्तो थीयो जस्को लागि म हिजै देखि तयार थियेँ।

अनि धेरै वटा बहानाहरु बाट सर्ट सेलेक्सन गरेर मैले अन्तिम बहाना निकालेको थियेँ ।

“मम्मी क्रिष्ण मन्दिर आउनु भएको रहेछ ,मम्मी सँगै आएँ ।”

“मोबायल स्विच अफ गरेर मम्मी सँग ! तँ त त्यस्तो छैनस् भनेको तँ पनि?”मैले रात भरि सोचेर निकालेको बहाना उसलाई विश्वासिलो लागेन ।म झुट बोल्न माँ साँचै कमजोर छु ।

कतै यस्ले मलाई देख्न त देखेन?मनमाँ उब्जिएको पहिलो शंका नै त्यहि थियो तर मैले आफुलाई दरो बनाउनै पर्ने थियो ।

“मेरो मोबायल स्विच अफ थिएन “म थोरै झर्किएँ ,झुट लुकाउन मैले झर्किनै पर्ने थियो ।

“किन रिसाको त ? यो एन टि सि ले पनि धुरुक्कै पार्छ कहिले काहिँ “

मैले मनमनै एन टि सिलाई धन्यवाद दिएँ ।मेरो कमजोरि को एक मात्र साथि !

“अनि एउटा खबर पाइस ?”

“के?” मेरो प्रश्नमाँ कौतुहलता भन्दा बढी औपचारिकता थियो ।

“तैंले बिराटनगर फेरि जानुपर्ला जस्तो छ ।एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे ।मोज गर”

के मोज गर्नु ?यस्पालि यात्रा कटाउन निशा हुन्न ।

निशा धेरै बाँच्छे होला ,मैले सम्झिदा सम्झिदै ऊसको फोन आयो । हुन त मैले ऊ सँग भेटे पछि उसलाई बिर्सेको नै कहाँ छु र !

“खाजा खायौ?” यो यस्तो प्रश्न हो जस्माँ आत्मियता हुन्छ ।निशा बाहेक मलाई फोनमाँ “खाजा खाइस “भनेर मात्र मेरो आमाले भन्नुहुन्छ।

“खाइसकेँ”मैले यता उता नजर डुलाउँदै जवाफ फर्काएँ ।सुमन नजिक थिएन ।

“मलाई दुई चार दिन भ्यालि बाहिर जानु छ ,तिमी सँग भेट्न मन थियो त्यहि भएर फोन गरेको ।”

“कहाँ जाने हो र?”

“एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे बिराटनगरमाँ ,फेरि बिराटनगर जानुपर्ने भयो ।किड्न्यापिंग इस्युको बारेमा धेरै कुरा इन्टरिएक्ट गर्न पाउँछु भनेर मैले त्यहाँ जाने प्रोग्राम मिलाएँ ।”

मलाइ मेरो कानमाँ बिश्वास भएन ,उसले फोन नगरेको भए हाम्रो तेस्रो भेट पनि एउटा सम्योग हुने थियो ।

खोइ किन हो बारम्बार ठोक्किरहेका थियौँ उ र म?

भाग ४

मैले फोनमा म पनि जाने कुरा बताउन पनि आफ्नो बढीरहेको सास को गतिलाई normal मा ल्याउनु पर्यो । फोन राखि सकेपछि आफै भित्र एकदम उकुसमुकुस भएझै लाग्यो । धेरै बेर सम्म बुरुक बुरुक उफ्रिरहेको मुटु लाई समातेर बसे । सुमन अचानक भित्र छिरेपछि मात्र मैले आफुलाई controll गर्ने प्रयास गरे।

“तँलाई एउटा कुरा भने तँ रिसाउन त रिसाउँदैनस नि है ?”

“त्यो कुरा कस्तो हो त्यसमाँ depend गर्छ , अब तैँले तेरो girl friend कै नाम अहिले सम्म लुकाएको रहिछस भने त रिसाउनै पर्यो नि ! कि कसो?”

उस्ले आफ्ना परेला पुलुक्क म तिर उठाउँदै , मुसुक्क हाँस्दै जवाफ दियो ।

“भयो त्यसो भए त म भन्दिन ।”

“साले ,,,,,,,,,,, indirectly भन्छ , तँलाई मैले मङ्गलबजार मै देखेको ! कहिले भन्लास भनेर पर्खेर बसेको ,बल्ल भन्यो ।”

साँच्चै म झुठ बोल्नमाँ कमजोर छु ।मैले ङिचिक्क दाँत देखाएँ अनि एउटा निर्लज्ज हाँसो हाँसे ।

“नाम के हो ,के गर्छे भन न त ,अझै हाँसेर बस्छ केटी जस्तो”

मैले उस्लाई सबै कुरा बेलिबिस्तार लगाएँ ।अनि आफुलाई त्यो केटी मन परेको पनि बताएँ । केटीहरुको psychology को बारेमाँ पक्कै उस्लाई म भन्दा धेरै थाहा छ । धेरै बेर गमेर उस्ले चिना हेरेपछि पन्डित ले दिने भाका माँ आफ्ना कुरा भन्यो ।

“केटी frank हुनु भनेको यो होइन कि तँ झ्याप्पै purpose गर ,अनि झ्याप्पै accept हुन्छ ।”

“अनि के हो त?”

“यो training माँ नभन , त्यसपछिको भेट माँ भन्नु ।”

“किन नि?”

“give time……….dude ,केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । thats why you have to give time !”

उसले आफुले जाने जति मलाई अर्थ्यायो । म पनि बोधिसत्व प्राप्त भएपछिको बुद्द जस्तो रमाइ रमाइ घर फर्केँ ।

बिराटनगर

training भन्दा मलाई training पछि का पल हरु रमाइला लाग्थे ।हामी दुवै रिक्सामाँ डुल्न जान्थ्यौँ । उ कुरा गरिरहन्थि तर म सुनिरहन्थेँ । पानीपुरि कि शौखीन उनी ठेला देख्ने बित्तिकै रिक्सा रोकेर शुरु भइहाल्थि । अनि म उन्को बालापन माँ साथ दिन्थे ।हामी त्यहाँका अरु सहभागि चिन्दैनथ्यौ तर त्यो त झन मेरो लागि सहयोगि सावित भयो ।मैले धेरै मौका पाए हामी बिचको एकान्तमाँ तर सुमनका शब्दहरुले मलाइ रोके । हुन पनि एक महिना नै त हुँदैछ भेट भएको । केटिहरु बाहिर जस्तो देखिए पनि भित्र लजाउँछन ,अनि मायामा maturity खोज्छन् । त्यो training त्यत्ति चाडै कसरि बित्यो मलाई पत्तै भएन ।

अन्तिम दिन म आफ्नो room माँ कपडा मिलाउँदै जाने तयारिमाँ थिएँ अचानक निशा मेरो कोठामाँ छिरी ।

“मलाई तिमी सङ्ग केहि कुरा गर्नुछ ।”उ आफ्नो t-shirt को फेर माँ दुई औँला चलाईरहेकी थिई ।

“भन न ।”मैले स्वीक्रितीमाँ टाउको उठाउँदै भने ।

“तिमी असाध्यै सोझो छौ ।” उसले मेरो कोठाको ढोकामाँ ढेसिँदै भनी ।

के उसले भन्न खोजेको कुरा यहि थियो ?

“किन नि?” मेरो उत्सुकता बढ्यो ।

“बिराटनगर को बसाइमाँ मैले एउटा असाध्यै राम्रो सोझो साथी पाएँ ,जस्को साथमाँ दिन हरु कसरि बिते थाहै भएन ।”

“सोझो मान्छे पाएँ भन्दैमाँ जिस्काउनै पर्छ त ?” म अझ कपडा नै मिलाए झै गर्दै थिएँ ,तर मेरो ध्यान कपडामाँ थिएन ।

“I m serious .now I think I can move further ,म अलि लोभि छु ।मलाई त्यो साथीको साथ जीवनभरिलाई चाहियो ।”

उ मेरो नजिकै आई ,आफ्ना पैँतालाहरु थोरै उठाएर मेरो निधारमाँ चुमी अनि बाहिर निस्कि ।म भने सुमनका शब्दहरुको बिचमाँ आफु यन्त्रवत खडा भइरहेँ ।

01-25-08 11:46 PM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *