लघुकथा : जात

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

करिब पचास वर्ष जति अघिको कुरा हो । हर्षजित र यदुनाथ एउटा सामान्य गाउँले परिवेशमा जन्मेहुर्केका अलग–अलग जातिका केटा थिए । हर्षजित ‘तामाङ परिवार’ र यदुनाथ ‘ब्राह्मण परिवार’ का गहना थिए । उमेरमा यदुनाथ हर्षजितभन्दा झन्डै दुई वर्षले जेठो थियो । तर पनि उनीहरुको शारीरिक विकास हेर्दा हर्षजित यदुनाथभन्दा जेठो जस्तो देखिन्थ्यो । यी दुवै सानैदेखि एकआपसमा अति मिल्थे । यस मित्रतामा जातीय वा अन्य कुनै विभेदको रेखा थिएन । यिनको मित्रताका विषयमा छिमेकीहरुबीच पनि बराबर चर्चा–परिचर्चा भइरहन्थ्यो ।

हर्षजितको परिवार ‘तामाङ जातिले पढेर के हुन्छ ?’ भत्रे कुरामा विश्वास गथ्र्यो । यही विश्वासका कारण घरछेउमै स्कुल भएर पनि उसले पढ्ने अवसर पाएन । यदुनाथ भने सानैदेखि स्कुल जान्थ्यो । पढाइमा औसत विद्यार्थीभन्दा तीक्ष्ण थियो । अरुले नजानेका कुरा सिकाइदिन्थ्यो । आपूmले नजानेका कुरा शिक्षकसँग सोध्थ्यो।

त्यतिखेरको गाउँघरको परिवेशमा पढाइलेखाइलाई त्यति ठूलो प्राथमिकता दिइँदैनथ्यो । समाजमा पढाइलेखाइ सामान्य धार्मिक कामकारवाही भनूँ वा कर्मकाण्डीय प्रयोजनका लागि मात्र चाहिने विषय हो भत्रे छाप थियो । समाजको धारणामा पढाइलेखाइ ब्राह्मण जातिको मात्र सरोकारको विषय थियो । यसैले त हर्षजितका परिवारले उसलाई पढाएनन् । न त ऊ आपैmँले पढ्ने चासो राख्यो । ब्राह्मणको छोरा भएकै कारण यदुनाथले भने त्यतिखेरको विद्यालयमा उपलब्ध हुनेसम्मको प्राथमिक शिक्षा हासिल ग¥यो ।

यसरी पढे/नपढेको कारणले पनि उनीहरुको मित्रतामा कुनै आँच आएन । यी बाहेक अरु जातिका मानिसको बसोबास पनि त्यहाँ थियो । विभित्र जातजातिको बसोबास भएर पनि त्यो पुण्यभूमि सामाजिक सद्भाव र आपसी मित्रताका लागि वरिपरिका गाउँबस्ती मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रसिद्ध थियो । एउटा सामूहिक परिवारको आत्मीय अनुभूति त्यहाँ गर्न सकिन्थ्यो ।

***

बस्ती त्यही नै हो । पछि आएर त्यही बस्तीमा एउटा ठूलो महामारी पैmलियो । सामाजिक सद्भाव र एकताको सूत्र पढाउनेहरु बिलाउन थाले । जातिगत विद्वेष र विभाजनका रेखा कोर्नेहरु यत्रतत्र सल्बलाउन थाले ।

धार्मिक, भाषिक गढहरु प्रहारका केन्द्र बने । मिलनबिन्दुका पर्खालहरु भत्काइन थाले । यस्ता पाठ पढाउनका लागि कसैले कुनै स्कुलको आवश्यकता ठानेनन् । जसले जसलाई जहाँ भेट्यो त्यहीँ त्यस्तो पाठ पढाउने काम हुन थाल्यो ।

समाजमा पैmलिएको यस महामारीलाई हर्षजित र यदुनाथ दुवैले निकै सचेत भएर नियालिरहेका
थिए । यस महामारीको तत्काल उपचार आवश्यक थियो । तर यसका लागि प्रत्यक्ष रुपमा खटिनु त्यति सजिलो थिएन । यस्तो प्रयासमा लाग्नेहरु सामाजिक विद्वेष पैmलाउने गुरुहरुका आँखाको तारो बत्र सक्थे । तथापि यिनले हिम्मत हारेनन् । दुवै मिलेर यस महामारीको उपचारमा भित्रभित्रै खटिए । एउटै थालमा खाएर हुर्केबढेका यिनलाई जातीय वा अन्य कुनै पनि विभाजनका रेखाले छुट्ट्याउन सकेन । भाषिक भासमा पछार्न सकेन । धार्मिक छारोले अल्मल्याउन सकेन । त्यसैले त पछिसम्म पनि एउटाको ढोका अर्काका लागि बन्द भएन । एउटै बाटोमा आवतजावत गर्दा पनि कसैले कतै मुन्टो फर्काउनु परेन । विहाबारी गर्दा होस् वा मलामी पर्दा कसैले कसैलाई असहयोग गरेनन् । यिनीहरुको यस व्यवहारले समाजमा पनि राम्रो प्रभाव पा¥यो । अन्ततः विभाजनको महामारीले ग्रसित समाज क्रमशः फेरि सुधारको बाटोतिर अग्रसर हुन थाल्यो ।

सामाजिक सद्भाव बिथोली त्यसमा परेका चिराबाट रस निकाल्न एकचित्तले लागिपरेका गुरुहरु समाजको यस अविचलित क्रियाकलापबाट आजित भई आ–आफ्ना पोस्टमा फर्किए र आपूmले गरेका त्यस्ता घृणित क्रियाकलापप्रति पश्चाताप गर्न थाले ।

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in लघुकथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *