गीत : नजर बैंशले भरेकी

~रामधन बेदना~

मायाँलु आँखा, लजालु नजर बैंशले भरेकी ।
शीरपाउ पहिरन, प्रकृति जस्तै श्रृंगार गरेकी ।

हज्जारौं थरी फूलहरुबीच फरक भई फुले झैं
आफ्नै रुपलाई चिहाई हेर्न आफैले भुले झैं
यो मन जल्दा चन्द्रमा जस्तै सितल भई झरेकी ।
शीरपाउ पहिरन प्रकृति जस्तै श्रृंगार गरेकी ।

हेरिरहुँ जस्तो, भेटिरहँु जस्तो मोहनी लगायो
मायालु मन मिसाउँदाखेरि भोक–तीर्खा भगायो
चरक्कै मन चर्काउने गरी लरक्क परेकी ।
शीरपाउ पहिरन प्रकृति जस्तै श्रृंगार गरेकी ।।

-खोटाङ

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.