कविता : तिमी र म

~निर्मोही व्यास~Nirmohi Vyas

मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म
आज मेरो उँचाइलाई कल्ले सक्छ छुन ?

हिजो जस्तो कहाँ हो र ! आज मेरो खुसी
अझैअझै चुलिँदो छ हुँदै झुसी–झुसी !

मेरो मन लहलह आज झुलेको छ
मुटुभरि लालुपाते आज फुलेको छ ।

ढुकढुकीमा तिमी–तिमी, आँखाभरि तिमी
के खोजूँ म, के रोजूँ म, अब घुमी–घुमी ?

इन्द्रेनीको रङ्ग पनि मेरोभन्दा फिक्का
मेरो सामु सप्त–सिन्धु पनि रित्ता–रित्ता

आज त्यति गाढा छु म, त्यति पूर्ण छु म
कल्ले सक्ने आज मलाई छेकथुन गर्न ?

जीवन त कलकल बगिजाने खोला
म आजमै रमाउँछु, भोलि जे त होला !!!

रचनाकाल र स्थान :– २०३९ मङ्सिर,कलैया,बारा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.