दिपक अभिमन्यूका दुई छेस्काहरु

~दिपक अभिमन्यू~

1.
खै किन हो अतितको यादले पिरोलेको छ मनलाई!
बितेका अनेक कुराले हरपल बिथोलेको छ मनलाई!!
हुनत कुन सम्झन लायक अतित हो र सम्झीउँ म!
नचाहादानचाहादै पनि पीडाले छिचोलेको छ मनलाई!!
2.
तिमी नहुदा पीडाले पटक पटक फोरेको छ मनलाई!
कागती झै बुंद बुंद निकाल्दै निचोरेको छ मनलाई!!
तिमी छौ र पो जीवनले एउटा नयाँमोड लिएको छ!
तैपनि बेलाबखत तिम्रो अभावले कोतरेको छ मनलाई!!

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in छेस्का and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.