लघुकथा : शक्ति प्रदर्शन

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊ त्यो गाउँमा विश्वभरिका वैज्ञानिकहरू मिलेर शक्ति प्रदर्शन गरिरहेकाछन्’रे | दार्शनिकहरू पनि आ-आफ्नो दर्शनको महीमा गाइरहेकाछन्’रे | सबै पौरखीहरूले पौरख देखाइरहेकाछन्’रे | ठूलो मेला नै लागिरहेकोछ’रे |

– सारा संसार नै मेला हेर्न हस्यांग-फस्यांग गर्दै जम्मा भइरहेकाथिए | कौतुहल थियो सबैको मनमा | अनि उसको पनि |

– दिग्गजहरू; प्रकृतिलाई युध्दमा आउन आव्हान गरिरहेका थिए | प्रकृति मौन थियो | मौनतालाई आफ्नो पराक्रमको अपराजीत यात्रा ठानिरहेका थिए उनीहरूले |

– कसैले जल र उर्जाको उन्नतीको कुरा गरिरहेका थिए |

– कसैले यूरेनियम र तापको वर्णन गरिरहेका थिए |

– फूलहरूको नवीन प्रजातीको सृजनाको चमत्कार देखाइरहेका थिए |

– सृष्टिमाथिको नौलो व्याख्यान चलिरहेको थियो |

– रोग, भोक र शोकमाथिको जीतको प्रचार चलिरहेको थियो |

– तर, ऊ धेरै कुरा बुझ्दैन | हूलको अमिलो गन्ध मन पर्दैन थियो उसलाई; गएर प्रदर्शित फूल सुंघ्छ – “वासनारहित रहेछ !”… चरम उष्णताले ऊ जल्छ; तीर्खा मेट्न खोज्छ – “जल त जड भइसकेछ !”… एक्कासि उसका जीऊहरू सर्दीले थर्थराउन थाल्छ; प्रज्वलित आगो ताप्न जान्छ – “अग्निमा कुनै राप थिएन !”…

– न त उसले उनीहरूको शक्तिको खेल बुझ्न सकेको थियो; न त प्रकृतिको नै !

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *