गजल : तिम्रै हुन्थें होला !!

~हरी गौतम~

सादा जीवन फिल्मी भए, म’नी तिम्रै हुन्थें होला !!
हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला !!

सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो
साचों भन्छु तिम्रै लागी सारा खुशी चुन्थें होला !!

वशन्तको स्पर्श साथै ह्रदय भित्र छरीएर
अजम्बरी पिरतिको डोरी वाटी वुन्थें होला !!

आकाशमा उड्थे होला,पातालमा डुल्थे होला
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थें होला !!

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.