कविता : जता–ततै दण्डहिनता

~कुन्दन काफ्ले~

दण्डहिनता जताततै फैलिएर गएको छ ।
राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ ।
आसंकाले नेपाली मन वैलिएर गएको छ ।
न्यायको चाहि केस कालो कैलिएर गएको छ ।

कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै
विश्वासको जग विमतिले हल्लिएर गएको छ ।
अवसरवादलाई राजनिति रोदीघर भै दिंदा,
नागरीकको स्वाभिमान थलिएर गएको छ ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.