उपन्यास अंश : मुखालफा

~मनोहर काफ्ले~

बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि कुमारी अवस्थामै थिइन् रे । संजोगले उनीहरु एउटइ स्कुल मा परेका रहेछन । त्यहीबाट उनीहरुमा परिचय सुरु भएर पिरती बस्न गएछ । सुरज को बस्ने खाने सुबिधा चाहि स्कुल ले उपलब्ध गराएको स्कुल भित्रैको रुम मा भएको तर बिनिता चाही बिहान कम्पनीले गाडीबाट त्याहा छोड्दो रहेछ र बेलुका पुनः केम्प मै फर्कदि रहिछन ।

साधारण गफ गाफ हुदा हुदै दुबै एक आपसमा मन पराउँन थालेछन । फोन , फेसबुक, इमो , व्हाट्स एप आदि को माध्यमले झनै नजिक भए । अब धेरै जसो समय एक आपसमा कुरा गरेर , माया पिरतीका गफ गरेर कटाउन लागे । यस्तै प्रेममय बाताबरण ले गर्दा दुबै जनालाई एक्लो महसुस हुन् छोड्यो । ‘’ तिमीसंग भेट नभाको भए म त पागल नै हुने थिए होला , हाम्रो भेट हुनलाई भाबिले माथिबाटै लेखेको भएर तिमीलाई मेरो स्कुल सम्म ल्याएका रहेछन’’ सुरज बाहुन कुरा गर्न खप्पिस भएकोले यस्तै यस्तै मिठा मिठा कुरा गरेर विनिताको मन जितिसकेको रहेछ ।

बिनिता पनि बिदेशमा एक्लो हुने हुदा र सुरजको सहारा साथै यति मिठा मिठा कुरा सुन्दा मख्ख परेकी थिईन । सुरुजले बिनिताको मन जित्न लाइ धेरै आस्वासन हरु दिई सकेको थियो , त्यसमा ‘’दुबई हुन्जेल एक्लो महसुस हुन् दिन्न , आवस्यक पर्दा सहयोग गर्ने छु , साथ् दिइ रहने छु , छुट्टीको दिनमा नया ठाउमा घुमाउन लाने छु , आवस्यक सामान समय समय मा किनी दिने छु , नाकमा हिराको फुली र कानमा सुनको रिंग किनी दिन्छु’’ आदि इत्यादि कुराले मख्ख पारेको थियो । बिनिता राम्री भएकीलेपनि अरु कसैले विनिताको मन जित्न सक्छ भन्ने डरले यस्ता आस्वासन मा अरु थप गर्दै आस्वासन को चांग नै लगाइदिएको थियो ।

बास्तबमा बिनिता नेपाल मा बिबाहित थिइन् । दुइ छोरीकी आमा विनिताले यो कुरा सुरजलाई पनि भनि सकेकी थिइन् । हेर्दा अलिक पातली , स्यानो ज्यानकी भएर होला उमेर भने कमै जस्तो देखिन्थ्यो । अलिक नियालेर हेर्दा र शरीर को बनौट ले भने बच्चा को आमा भै सकेकी प्रस्ट हुन्थ्यो । सुरजले भने हामी सबैलाई उनि बिबाहित भएको कुरा लुकाएको थियो । सायद हामीबाट स्याबासी को आसा ले होला, बिबाह त के कुरा भर्जिन नै भएको भनेर गफ दिन्थ्यो ।

सुरज आफै पनि एउटी छोरीको बाउ थियो । उमेर पनि ३५ को हाराहारीमा पुगी सके ता पनि गोरो , छरितो र एसीमा बस्ने मात्र काम भएकोले त्यत्ति छिप्पिएको लाग्दैन थियो । पहिले पनि कतार गएको भएर होला उसलाई अरबी भाषा को ज्ञान राम्रै थियो । अराबि भाषी हरुसंग दोहोरो गफ गर्न सक्थ्यो । त्यसैले केम्प मा अरबी हरुसंग गफ गर्नु परेमा उसले दोभाषेको काम गरिदिन्थ्यो ।

आफु बिबाहित भएको कुरा भने उसले बिनितालाई कहिलै भनेन । उल्टै आफु अहिले सम्म कुमार् नै रहेको अर्थात कुनै केटि संग शारीरिक सम्पर्क नभएको बिस्वास दिलाएको थियो ।

दिन हरु बित्दै गए । उनीहरुमा सामिप्यता बढ्दै गयो । विनिताको मन जित्न उसले एउटा एन्द्रोइड मोबाइल सम्म किनी दियो । सधै बिहान गुड मार्निंग ले स्वागत गर्ने देखि लिएर खानामा के खायेउ , आफ्नु स्वास्थ्य को ख्याल गर , पानी प्रसस्तै पिउ हुदै गुड नाइट सम्म भन्न भ्याउथ्यो । बिनिता पनि नेपाल मा आफ्नो अतित लाइ बिर्सिएर उसैमा समाहित भइ । उसको मायामा उ अन्धि भइ । बिनितालाई पनि धेरै जसो उसैको ख्याल आउन थाल्यो । बिहान सबेरै मिस कल हानेर सुरजलाई बिउझाउने देखि लिएर मिठो तरकारी पकाएको बेलामा उसलाई पनि चखाउन थालि ।

विनिताको सहकर्मी साथीहरु माझ पनि उनीहरुको प्रेमबारे थाहा भयो । विनिताको साथीहरु भने बिनिता प्रति डाह गर्दै भन्ने गर्थे , ‘’लाज नभाकी , घरमा आफ्नु पोइ लाइ यसरि नै मिठो बोलेर माया दिएकी भए ? नेपाल मा पनि त बिग्रिएर गन्हाएर त विदेश आएकी होलि नि । बच्चा कि आमा रे , आफ्नो इज्जतमा बस्नु पर्दैन? केटा मान्छे त केटा मान्छे भै गए , केटिले आफ्नु इज्जतको ख्याल गर्नु पर्दैन?’’ तर विनिताको मुख छुचो छ भनेर होला , उसको सामु चाहि कोहि केहि भन्दैनन थिए ।

सुरज र बिनिता शुक्रबारको छुट्टी लाइ हेरेर धेरै चोटी होटल एण्ड अपार्टमेन्ट मा शुक्रबार बेलुकी देखिनै जाने गर्थे । बिहिबार बेलुका करिब ८ बजे देखि शुक्रबार बेलुका ४ बजे सम्म ३०० दिर्हाम भाडा तिरेर बस्न गएको पनि करिब एक बर्ष देखि हो । एक चोटी जादा खाना खर्च , ट्याक्सी खर्च साथै बिनितालाई साधारण शपिंग गराउदा ५०० दिर्हाम त त्यत्तिक्कै खर्छ हुन्थ्यो । त्याहा माथि परिबार नियोजनको साधन जो निकै महँगो मा किन्नु पर्थ्यो । ‘’नेपालको स्वास्थ सस्था मा जस्तो ‘जति चाहिन्छ त्यति लानुहोस’ भनेर सित्तैमा बाढछ र याहा ?‘’ सुरज भन्ने गर्थ्यो ।

सुरज स्वभावैले धेरै लोभी थियो । त्यसैले त बिनिता पनि उसलाई फोनमा ‘’ओइ लोभी बाहुन’’ भनेर बोलाउन थालेकी थिइ । सुरु सुरु मा पो उसलाई माया जाल मा फसाउन सुरजले बिभिन्न मायालु नामले बोलाएको थियो । कालु , माया , छुच्ची , मुटु , मुसो म्याउ , आदि आदि । यस्तो किनिदिन्छु , उस्तो किनिदिन्छु धुमाउन लान्छु भनेर धेरै लोभ, लालच, आशा देखाएको थियो । तर बिस्तारै विनिताले बुझिसकेकी थिइ , ति सबै बहाना मात्र थिए भनेर ।

सुरजले बिस्तारै आफ्नो ओउकात देखाउन थाल्यो । सुरुमा बिनितालाई आफ्नु मायाजालमा फसाउन किनिदिएको मोबाइल बाहेक न त अरु केहि किनी दियो , न घुमाउन नै लग्यो । उसलाई इच्छा भएमा बिहिबार बेलुका बिनितालाई फोन गरेर होटल जान आग्रह गर्नु बाहेक अरु बेला पहिलेको जस्तो फोन गर्न पनि कम गर्यो । उल्टै बिनिता संग कहिले काही आफ्नु मोबाइलमा ब्यालेन्स हाली माग्न थाल्यो ।
बिनिता पनी सुरजको उ प्रति गर्ने ब्यबहारले थाहा पाइसकेकी थिइ कि सुरज पहिले जस्तो छैन । पहिलो महिनामा २/२ चोटी होटल जाऊ भन्ने मान्छे अहिले आएर २ महिनामा एक चोटी जान पनि त्यत्ति चासो गर्दैन । अरु सामान किनिदिन त परै जाओस , जहिले नि पैसा नै छैन भन्ने बहाना मात्र गर्न थाल्यो ।

विनिताले गाइ गुइ के पनि सुनि भने सुरज आज भोलि उसैको साथि आशा संग घनटोऊ फोनमा कुरा गर्न थालेको छ । बिनिता ले फोन गर्दापनि बोल्न त्यत्ति इच्छा जाहेर नगरी ‘’अहिले बिजी छु है म’’ भनेर फोन काटी दिन्थ्यो ।

‘’सुरज , सुनत , म एउटा कुरा माग्छु नाइँ नभन है त ?’’ एकदिन बिनिता ले सुरजको मन जाचँन यसो भनेकी थिइन् ।

‘’मांग न , पैसा बाहेक जे मागे पनि ज्यान उपलब्ध छ’’। सुरज ले सायद विनिताले पैसा नै माग्छे भन्ने मनसाय बुझेर यसो भनेको थियो ।

‘’साचै भनेको के, मलाइ अर्को महिनामा १००० दिरहम देउ है । दुइटई छोरीको स्कुल चेन्ज गरेको क्या । नया भर्ना गर्नु परेकोले किताप, कपि ,एडमिसन , ड्रेस लगायत किन्नु पर्ने भएकोले पैसा अलिकति चाहिएको हो , म अर्को महिनामा तिरी हाल्छु नि’’। बिनिता मोबाइल मा भनि रहेकी थिइ ।

सुरज भने ‘’हेल्लो हेल्लो , केहि पनि सुनिएन , के भनेकी , म अलिक भिड भाड मा छु , म भरे गर्छु है’’ भन्दै फोन काटी दियो ।

बिस्तारै उनीहरुबीच दुरी बढ्न थाल्यो । बिनिता पनि कति दिन एकोहोरो माया गरि रहन्थी । लोभी बाहुन संग प्रेम गरेर नि के नै हासिल गरेकी थिइ र उसले ।

बिनिता पनि दुबई आएकि पनि २ बर्ष पुरा भएर फेरी अर्को २ बर्षको भिसा थपी सकेकी थिइ । २ बर्षमा उसले अहिले सम्म २ लाख मात्र नेपालमा जम्म़ा गर्न सकेकी थिइ । उ संगै आएका साथीहरुले भने ६/७ लाख जम्म़ा गरि सकेका थिए । उसका साथीहरुको लवाइ खवाई पनि उसको भन्दा राम्रो थियो । उसका साथीहरुले दुबई को कुना काप्चा घुमी सकेका थिए । उनीहरु शपिंग गर्न भनि कहिले सिटि सेन्टर , कहिले सफिर मल ,केरिफोर , मनामा हाइपर मार्केट र घुम्न दुबई मल , मारिना , फुजैराह , हात्ता भन्ने ठाउहरुमा गइ सकेका थिए । उनीहरुलाई घुमाउन र शपिंग गराउन लैजान कार लिएर केम्प मै साथी हाजिर हुन्थ्यो । फर्किदा पनि उनीहरुका साथमा महिना दिन लाइ पुग्ने राशन पानी को बन्दोबस्ती को सामान हरु ल्याएका हुन्थे । बिनिता भने उनीहरुसंग आफुलाई दाज्थी ‘’ के नै हासिल गरे मैले सुरज संग प्रेम गरेर । न त उसले कहिले मलाइ घुमाउन लग्यो न त केहि किनी नै दियो ‘’

बिनिता सुक्रबार छुट्टीको दिन ओछ्यान मा पल्टिएर यस्तै कुरा मनमा खेलाउदै थिइ । उसका साथीहरु बिदा मनाउन आ आफ्ना केटा साथीको कारमा घुम्न र रमाइलो गर्न बिहानै गइ सकेका थिए । उ भने रुम मा एक्लै थिइ र मनमा अनेक भावहरु आइ रहेका थिए ।

‘’ दुखी कर्म भएसी जाहा गयेनी ठक्कर खादो रहेछ । मैले के पाएँ आफ्नै देशको नेपाली मान्छे संग प्रेम गरेर । साथीहरुका प्रेमीहरु बंगाली या पाकिस्तानी भएर के नै भयो र , उनीहरुसंग बिबाह गर्नै पर्ने हैन क्यारे । विदेश बसुन्जेल गर्ने मोज मनोरंजन त हो । झन् उनीहरुका त आफ्नै कार हरु छन् , घुमाउन लान्छन , पैसा खर्च गर्न कन्जुस्याई गर्दैनन् , सामान किनी दिन्छन । मेरो साथी पवित्रालाई त झन् त्यो काले मोटे बंगाली ले महिनाको ३०० दिर्हाम खाना खर्च पनि दिन्छ । अस्ति बंगलादेश २ महिना छुट्टी जानु भन्दा अगाडी खर्च बापत ८०० दिर्हाम दिएर गएथ्यो रे । विदेश मा आएर नि नेपाली संग प्रेम गर्नेको त कर्मै खोटो ।’’ बिनिता मनोबाद गर्दै आफ्नु पुर्पुरोमा आफ्नै हातले दुख्ने गरि हान्दै धिकार्छे ।

उसको स्मृतिपटल मा आफ्नो घर, श्रीमान र दुइ छोरी नाची रहन्छन । आफ्नो श्रीमानलाई गालि गर्छे , ‘’त्यो नालायक ले पैसा कमाउन सकेको भए या कुनै जागिर खान सकेको भए मैले बिदेशनै आउनु पर्दैन थियो । अहिले छोरी हरुलाई नुहाउनु , धुवाउनु , पकाउनु , ख्वाउनु ,स्कुल पुर्याउनु ल्याउनु आदि आदि गर्नु पर्दा मलाइ झलझली सम्झी रहेको होला , कायर ‘’

एक मनले उसलाई गालि गर्छे भने अर्को मनले उ प्रति करुणा पनि जताउछे । ‘’ बिचरा उसको के नै दोस थियो र , कोशिस गर्दा गर्दै पनि जागिर खान सकेन त के भो , यसो ठेका पट्टा गरेर भए पनि महिनाको २० /२२ हजार त कमाएकै थियो । खान लाउँन कहिले नि खाचो पारेको थिएँन । सिधा , भनेको मान्ने थियो , मलाइ नि कहिलै पैसाको अभाब हुन दिएँन , मलाइ कुनै काम गर्न दिदैन थियो , भन्थ्यो ‘’तिमीले केहि गर्नु पर्दैन , जसरि भएनी खान लाउँन पुर्याएँ भने भएन?’’ खाना पकाउन , बच्चिहरुल्लाई स्कुलको तयारि गर्न,घर सफा गर्न देखि लिएर बारीमा तरकारी पनि फलायेकै थियो । बेलुका छोरीहरुलाई होमवर्क गराउनु , पढाउनु, आफै गर्थ्यो । मलाइ विदेश नपठाउँन धेरै प्रयास गरेको थियो , भनेको थियो ,’’ म आफै जान्छु , जस्तो काम परेनी गर्छु , तिमि केटाकेटी र घर सम्हाल।’’ तर मेरो आफनै जिद्दीले अबेशमा आएर विदेश आउने निर्णय गरें । आउने बेलामा आखाँ भरि आसुँ पारेर ‘’छिटै आउ है’’ भनेथ्यो ।

यस्तै कुरा सोच्दा सोच्दै बिनिताका आखाँ बाट तपतप आसुँ झरी सकेछन । उ हलचल नगरी उत्तानो परेर सुति रही । आसुँ बगी रहें । उसले बग्न दिई रही । उसले आखाँ चिम्म गरि, भए भरका आशु को भल एकै चोटी बग्न थाल्यो , आफ्नै बाटै बाटो , कति खेर निदाई पत्तै पाइन । सपनामा श्रीमान को अंगालोमा थिइ ।

विउझिदा बेलुका ५/३० बजी सकेको रहेछ । बाहिर उसका साथीहरु हात भरि सामान बोकी बंगाली र पाकिस्तानीको कार बाट बाहिर झर्दै थिए । उनि हरु आज नया कपडामा निकै राम्रा देखिन्थे ।

लेख्दै गरेको उपन्यास “मुखालफा” को सानो अंश

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *