कथा : दोषी को ?

~अशोक झा~

रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप थियो । सलक्क परेको निधार, तामाडण्की छोरी भएपनि उनी अचम्मैकी रुपवती थिइन् । रुपा रुपवती मात्र होइन उनको बोलिचाली लगनशीलता, व्यवहारिकता ज्यादै मिठो थियो । उनि सवैसंग राम्रो व्यवहार गर्दथिन् । गाउँमा उनको उपस्थिति विनाको नाचगान, भोटेसेलो, जुवारी अधुरो र खल्लो ठहथ्र्याे । गाउँमा पुजा-आजा वा विहावारी भयो भने पनि रुपा नाच्न गाउन अघि नै रहन्थिन् । उनको गाउने गला ज्यादै सुरिलो र मनमोहक थियो ।

दोलालघाटमा गत वर्ष जस्तै यो वर्ष पनि जनै पूर्णिमाको उपलक्ष्यमा मेला लागेको थियो र विभिन्न गाँउवाट भिन्न जन-जातिका बूढा-पाका, युवा-युवती, बाल-बालिकाहरुको डोरो वाँध्न, जनै लगाउन, इन्द्रवति नुहाउन यो वर्ष पनि धेरै संख्यामा आवत जावत भैरहेको थियो । त्यस्तैमा दिनभरी मेला हेर्दै र वेलुका उतै वास वस्ने विचारले रुपा, दिदिको छोरा शिव र १२ वर्षकी च्यान्टी समेत आएका थिए । बेलुकीपख पल्लो गाँउको माइला तामाडण् र कान्छी तामाडण्नी, नेउली तामाडण्नी पनि सेलोमा सम्मिलित भए । अरु केटा-केटीहरु पनि थुप्रिए । रातको १२.०० बजेसम्म भोटेसेलो र जुवारि चल्दै गयो । मेलामा उपस्थिति भएका मध्ये भर्खरै भारतवाट आएका लाहुरे नैने तामाडण् तरुणीहरुसंगै गीत गाउन क्िरस्सदै थिए । उनि खासखुस गरी रुपासंग निकै जिस्कदै थिए भने रुपा पनि लाहुरेको फुर्ति देख्दा अलि अलि लजाँउदै जिस्कदै थिइन् । सवै भोटेसेलो जुवारि गाँउदै थिए । एक कान, दुई कान, मैदान भनेभंmै सवैको चर्को स्वरले भट्टी घन्केको थियो । हेर्ने दर्शक पनि हाँस्तै सुन्दै थिए ।

लाहुरे नैने चुरोट निकै बाँड्रदै थिए । पल्लो गाँउकी कान्छी, नेउली, माइला तामाडण् माने, च्यान्टी, शिव सवैलाई खाना रक्सी नैने लाहुरेले खवाए । रक्सीको मातले सवै लट्ठिएका थिए भने रुपालाई अलि वढी रक्सी लागेको थियो । कलिली केटी कहिल्यै नखाएकी, नैनेको जिद्दीले अलिकति-अलिकति गर्दा निकै पिईसकेकि थिइन् । गीत गाउदै गए । रमाइलो बढ्दै गएपछि रात छिप्पीदै गयो । गीत पनि मधुरो हुदैं गयो । वल्ला पल्ला भट्टीमा समेत गीत मधुरो सुनिदै थियो । जात्रामा आएका अधिकाशं मानिसहरु गैसकेका थिए, दुकान वन्द हुदै गयो ।

भट्टीवाली पनि सुत्ने तर्खर गर्न लागिन् । उनको भट्टीमा खाना खाने सबै सुते । गीत वन्द गरेर चार घण्टा रात यतै सुतौं भनी सवै एउटै कोठामा लाम लागी सुते । रक्सीको मातले कसैलाई शुद्धि थिएन । लहरै सुत्दा रुपाको वगलमा नैने सुत्यो भने च्यान्टी पनि लाइनमै थिई अरु पनि आरुना-आरुना साथी-भाई तन्नेरी-तरुनी मिली सुते । विहानीपख एक-दुई घडी रात वाँकी थियो, रुपालाई रक्सीको मातले अलि कम छोडेको जस्तो भयो तर पीडाले उसको जीउ निकै दुखेको अनुभव गरी । कसैले उसलाई रक्सीको सुरमा शिकार वनाएको निधो गरी । त्यहाँ सानी, च्यान्टी उनकै वगलमा निद्रामै घुर्र्दै थिए । लाहुरेले ठट्टा गर्दै रक्सी खान दिंदासम्म उनले थाहा पाइन् । कति वेलासम्म कति पिलाइयो उनलाई थाहा भएन । गुप्ताड्ण्गको दुखाइका कारण उनलाई कसैले पक्कै पनि आफ्नो सर्वस्व लुटे जस्तो लाग्यो । तर उनले अव कसलाई के भन्ने ? भन्न पनि सकिन र भन्नु पनि भएन । उनि जुरुक्क उठिन् तर गुर्लम्ुम लडिन्, किनकि रक्सीको मातले उनलाई छोडेको थिएन । रुपाले मनमा कुरा खेलाइरहिन् र आरुनो भुल कसैलाई भन्ने पक्षमा रहिनन् । केहि बेरपछि च्यान्टी व्युझीं, माने पनि उठ्यो । अनि तिन जना मात्र भए । अरु सवै कति वेला गए थाहा नै भएनछ । भट्टिवाली चिया पकाउन थालेकी रैछ । त्याहाँबाट तिनीहरु विदा भएर निस्के ।

दोलालघाटबाट विहान घरतर्फ फर्के । रुपाको मनमा कुरा खेलेकै थिए । उनको चञ्चलेपन पनि निकै गम्भीर देख्दा मानेले शंका गर्छ र के भयो भनेर सोध्न खोज्छ । तर रुपा राति अवेला सुतेकी अलि(अलि रक्सीले मातेकी होली भन्ठान्छ । तर रुपाले क्रसैलाई पोख्न सक्दिन ।

यसरी समय बित्दै जान्छ । एकपटक नैनेले जिस्कयाएको, बाँधो फुकाएको रुपालाई सम्झना आउँछ । रुपामा विस्तारै वैंशालु परिवर्तन आँउछ । उनमा कता कता अर्को अनुभवहरु हुन्छ । उ झन् जिस्कने गर्छे । २० वर्षको उमेरसम्म रुपाले माइतिमै बिताउँछे । उनको सम्र्पकमा गाँउका अल्लारे केटाहरु पनि झुम्मिन्छन् । रुपा सबैसँंग निर्धक्कसँगै आनन्द लुट्दै जान्छे । यसैगरी आखिर छोरी अर्काको घरमा पठाउने जात, उसको विवाहको कुरा चल्न थाल्छ । रुपा सोच्छे आखिर अर्काकै घर जानु नै छ, केही प्रतिक्रिया व्यक्त गर्दिन ।

आज रुपाको विवाह हुदैछ जन्तीहरु आइपुगे । दुल्हा केटा पनि निकै लायक छ । विराटनगरमा नोकारी गर्ने लाहुरे केटा हुदाँ भित्र(भित्रै रुपा लाहुरे नैने जस्तै हो कि भनेर सम्झन्छे, तर केटाले मन पराएको र लाहुर जान पाउने हुदाँ खुसी नै हुन्छिन् । उता केटाले पनि रुपाको सुन्दरता र वोलि-व्यवहार चञ्चलेपनले गर्दा आफु भन्दा गरीब खानदान भए पनि मञ्जुर गरेको रहेछ । विवाह भयो रुपा आप्mनो लोग्नेसंगै विराटनगर पुगी, त्याहाँको रहन(सहन वातावरणले उसको स्वास्थ्य राम्रै भयो । सुन्दरता बढ्दै गयो । यस्तैमा केही महिना पछि रुपा गर्भवती भईन् । एक्कासी यस्तो भयो कि रुपाको शरिरमा रगतकै कमि भयो । एनिमियाको रोग देखा परुयो. । आखिर रुपालाई अस्पताल भर्ना गरियो । त्याहाँ डाक्टरले रगत दिनु पर्ने ठहराए । उनको रगत जाँच्न पठाइयो । तब उनको रगतमा एच.आई.भी. देखा परयो । रुपालाई एड्स भएको रहेछ । अनि डाक्टरले आश्र्चय मान्दै रुपाको श्रीमान नरवहादुर तामाडण्लाई सोध्यो :- तपाईकी श्रीमति लाई नेपालमा अथवा अन्त कुनै ठाउँमा इन्जेक्सन दिईएको थियो ?

“हैन डाक्टर साहब, किन, रुपालाई के भयो र ?”

डाक्टर : “तपाईकी श्रीमतिलाई एड्स भएको छ । उनको रगतमा एच.आई.भी. पोजिटिभ देखा परयो । त्यसैले कि त धेरै जनासँग यौन सम्पर्क गर्ने मानिसलाई यो रोग लाग्छ । कि त अर्काको रगतबाट यो रोग सर्छ ।”

यो सुन्दा नरवहादुर तामाडण् खडण्रडण् हुन्छ “डाक्टर साहेब म त त्यस्तो कुनै शंकै गर्न सक्दिन । उ विमार परेकी पनि छैन । कसरी यस्तो भयो । उ मनमनै भन्छ विवाह नहुदाँ उ गाउँमै थिई, त्यहाँ त्यस्तो रोगको डर मान्नै नपर्ने हुन्छ । गाँउका चेलीबेटि गीत गाउने नाच्ने गर्छन् । अर्काको लोग्नेसँग विना विवाह सम्पर्क राख्तै राख्तैनन् । मलाई विश्वास छ ।”

अनि ऊ अगाडि भन्छ : “डाक्टर साहेव यो रोग निको हुदैन ?”

– हो, यसको औषधी छैन । अव तपाईको जहानलाई घर लानुस् । डाक्टर वार्डवाट वाहिर जान्छ ।

नरवहादुर आफुलाई पनि त्यस्तो रोग परयो कि भन्ने कुराले पिरोलिन्छ । श्रीमतिलाई डिस्चार्ज गरी घर लान्छ र रुपाको सेवा गर्दै गर्छ । तर दिनानु-दिन रुपा गल्दै जान्छे । आजकल नरवहादुर विदा लिई घरमै छ । साथै रुपासंगै बितेका रमाइला दिनको याद गर्छ । उ एकहरो भएको छ । नरबहादुरको सबै सपना चूर भएकोमा दुःखी हुन्छ ।

एकदिन रुपाले भन्छे “म त अव मर्ने भए तिमीले म विनाको जिन्दगी कसरी विताउँछौै ? यै कुराले मलाई झन विरक्त पारेको छ” भन्दै आँखाबाट आसु झार्छे । अव त यो पेटको वच्चा पनि या त मरिसक्यो या वाहिर फाल्न पनि मैले सक्दिन । यो के गर्ने ? नरवहादुर भन्छ नरौ जे भए पनि सहनु पर्दो रहेछ । डाक्टरले औषधी नै लाग्दैन भन्छ म के गरुँ । तर नरेले उसलाई एडस लागेको छ भन्दैन । अर्को तर्फ श्रीमतीको त्यो अवस्था देख्दा खप्न पनि सक्दैन अनि रुदै भन्छ “के गर्ने ? तिमी लाई सन्चो भएन । डाक्टरले पनि औषधी दिएकै मात्र छ, केही बोल्दैन ।”

सवै कुराबाट निराश नरबहादुर मनमा कुरा खेलाएर बसिरहन्छ । एक्कासि रुपालाई हिक्का आयो, नरवहादुर हडबडायो, डाक्टरलाई फोन गरयो, फेमिली डाक्टर नआइपुग्दै रुपाले यो संसार छोडिसकेकी थिईन् । नरबहादुर घुक्क घुक्क रुन्छ ।

यसरी हाम्रो देशका रुपा जस्ता कति जना यस्तो अवस्थामा परि यो सूनौलो जीवनलाई माटोमा विलिन वनाइरहेका छन् र कति युवकहरु यो एडस जस्तो प्राणघातक रोगको लाखौ(लाख संख्यामा शिकार हुदै गएका छन् । नरबहादुर जस्ता अन्जान युवक र रुपा जस्ती अबोध बालिकाले जीवन गुमाउनु परेको छ । यो विधिको विडम्वना होइन । यो इश्वरीय देन पनि होइन । यो त सबैभन्दा चेतनशील मान्छेको यौनतृष्णा र क्षणिक आनन्दका लागि भोग विलासमा लिप्त यौनपिपासुहरुको दुष्परिणाम र पश्चिमी संस्कृतिले ग्रस्त सोचको फल हो । यो कसको दोष हो ?

राजविराज (सप्तरी)
-2007-10-2

(स्रोत : Freenepal)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.