संस्मरण : मन मष्तिष्कमा कपन

~गोपालप्रसाद पौडेल~

मन मष्तिष्कमा कपन करिव १५ वर्ष अगाडिसम्म महांकालको ओरालोवाट उत्तरतर्फ नियाल्दा हरिया फाँटका विचोविचबाट उठेर गोकर्ण सल्लाघारीमा गई निहरिएको भान हुने एउटा लामो थुुम्को नै कपनको प्रथम दृष्य परिचय थियो । पुरातत्वविद डा. सत्यमोहन जोशीका अनुसार कपनको मूल अर्थ इन्द्रेणी हन्छ । यही पूर्व पश्चिभ तन्कीएर रहेको सिंगो चुलीमाथिवाट उठेर गोकणं र नजिकै वगिरहेकी वागमतीमा गई जोडिने सम्तरंगी इन्द्रेणीले आफ्नो परिचय हामीसामु छोडेर गएकी रहिछन् भन्दा हुन्छ । त्यसपछि मात्र यहाँका हरिया फाँट, फाँटका बिचबिचमा देखिने स साना थुम्काहरु, खेतका आलीमा रहेका स साना रुखहरु र महाँकालको ओरालेबाट कपनतर्फ आगाडि बढ्दै जाँदा भेटिने खहरे खोला आदि का अनुभवले कपनकोे परिचय वाँडिरहेको भान हुन्थ्यो । जता हेरे पनि हरियालीको रमणीयता र धानवाली भित्राइसकेपछि पनि खेतका गराहरुमा चरिरहेका मलेवाका वथान, कोठे खलाहरु र चरनमा छोडिएका गाइवस्तुहरुले सजिवता प्रदान गरिरहेका महसुस हुन्थ्यो ।

कपन प्रवेश गर्ने प्रमुख मार्गको रुपमा वौद्ध रामहिटिको मोटरवाटो पछिको दोश्रो मानिने महाँकाल ओरालो मार्ग प्रमुुुख रुपमा प्रयोगमा आउँथ्यो । कपनवासीहरुको मुख्य गन्तव्य असन इन्द्रचोक हुने गरेको र चावहिलमा धेरै चिनेजानेका ब्यक्ति तथा पसल भएकाले चावहिललाई साथिभाई भेटघाट हुने थलोको रुपमा प्रयोग गरिन्थ्यो । त्यसैले चावहिलका वासिन्दा र कपनका वासिन्दाहरुका विचमा निकै गहिरो सम्वन्ध रहिआउने गर्दथ्यो । अत्यावस्यक सर सामानका पुर्ती चावहिल चुच्चेपाटीका बजारले गर्दथे भने अलि महत्वपुर्ण र आवश्यक सर सामानका लागि कपनका वासिन्दा असन इन्द्रचोक नै धाउने गर्दथे । बौद्ध रामहिटिको मोटर मार्गको प्रयोग पैदलमागीहरुले विरलै गर्दथे । बौद्ध रामहिटिको मार्ग कपन दर्पणका अनुसार वि सं १९८५ अगावै बनेको हो । हालको कपन गुम्वा रहेको कपनको सवैभन्दा उच्च शिखरमा बडा गुरुज्यु …….पाण्डे रहने गर्दथे । उनैको सवारीका लागी यो मोटर वाटो प्रयोग हुने गर्दथ्यो । तत्पश्चात निर्माण कार्यका लागि सर सामान ढुवानी गर्दा यो मोटरवाटो प्रयोग हुने गर्दथ्यो । मेरो जन्म थलो कपनको वडा नं. १ फैका भएको र कपन प्रवेशको मुख्य नाका यही वडा भएकोले मेरो आफ्नै अनुभव पाठकहरुसमक्ष पस्कने प्रयास गदैँछु । मेरा अग्रजहरुवाट बुझ्दा पनि कपनका वारेमा धेरै कुराका वारेमा मेरा मानसपटलमा जिउँदै छन् । बौद्ध रामहिटिको ओरालो हुँदै आउँदा त्यहाँ एउटा रमणीय थुम्को थियो । म श्री महेन्द्र वौद्धमा अध्यधन गर्दा त्यो थुम्को नजिकैको एउटा मयलको वृक्षमुनी शितलमा साथिभाइहरुलाई पर्खेर बस्ने गर्दथेँ र त्यो थुम्कोमा दौडेर आनन्द लिने गर्दथेँ । पछि त्यो रमणीय थुम्को सुकुम्वासी वस्तीमा स्थापित भएको छ । त्यस थुम्को हुदै आउनेमा हामी थुप्रै हुने गर्दथ्यौँ । कहिले काहिँ गाइवस्तु चराउन आउने गरेका केहि झगडालु स्वभावका केटाहरुसँग हाम्रो स सानो झगडा पनि हुने गर्दथ्यो ।

हाम्रो घर अलि उच्च स्थानमा थियो । हाम्रो जग्गाको ठुलो हिस्सा मोटरवाटो लाइनमा नै पर्दथ्यो । करिव करिव दुइसय पचास मिटर माथि गौँडावाट हरिया वुट्यानका छानामुनीवाट घर पुग्ने गरेको हिजो जस्तो लाग्थ्यो । डाँडाका ठुला ठुला उत्तिस, वकैनाका रुखमा बेरिएर रहेका गुन्दरगानुका लहरा र वाहिरवाटै पहिरोमा झुण्डिरहेका गुन्दरगानुहरुले प्रकृतिका शोभा वढाइरहेका हुन्थे । चाँदी जस्ता टलक्क टल्कने वालुवाका ढिस्का हाल गोपीकृष्ण चलचित्र मन्दिर भएको स्थानवाटै प्रष्ट देखिन्थे । हाम्रो घरआँगन वरीपरीका स्वच्छ वातावरण र समतल रहेर रहेको घरअगाडीको वारीको डिलवाट महाँकालको ओरालोमा हिँडिरहेको मान्छेलाई वोलाउने हो भने पनि त्यो मान्छेले सुन्दथ्यो र जवाफ फर्काउन सक्थ्यो । पश्चिमपÂिट्ट तथा डाँडाका विभिन्न भागमा रहेका वाँसका घारीवाट पवनसँगै मितेरी गाँसेर सुसेलीरहेको आनन्द महसुस गर्न सकिन्थ्यो । घरको पुर्वपट्टी रहेको ठुलो वगैँचाले घरको शोभा बढाइरहेको थियो । बगैँचाभित्रका अम्वा, हलुवावेद, आलुवखडा, केरा, कोइरालो, काभ्रा, ज्यामिर, निवुवा, सुन्तला आदिका बृक्षहरुले मानिसलाई फलफुल मात्र नभएर चराचुरुंगीलाई वास समेत दिइरहेका थिए । यस्तो रोमाञ्चित र मनमोहक वातावरणमा जन्मेको र हुर्केकोले मलाई साँच्चै भन्नुपर्दा आजको साँघुरा वस्ती, कोचेरो आँगन र चिसा छीँडीका दिनप्रतिदिन रोग निम्ताउने वातावरणले कहाली लाग्ने गर्दछ । आफ्नै जग्गाभित्र प्रशस्त पानीका श्रोत थिए । आफ्नै जग्गामा कुवा, कुलो तथा धारा थिए । ओराली उकाली गर्दा गर्दा शरिर मजवुत थिए । रोग लाग्ने कुरै थिएन । गाइवस्तु चराउनदेखि गाइवस्तुलाई घाँसपात काट्न र दैनिक सागपातका समस्या कहिल्यै आउँदैनथियो । मेरा हजुरवा अति मेहिनेती हुनुहुन्थ्यो ।

माहिला वाजे भनेपछि पुर्वमा शुन्दरीजल, थलीदेखि पस्चिममा नैकाप, दहचोक र थानकोटसम्म प्रख्यात हुनुहुन्थ्यो । उहाँ प्राय समय खेतिपातीमै ब्यस्त हुनुहुन्थ्यो । कपनका केही तत्कालीन डीट्ठा र मुखिया भनेर चिनिएर मै हुँ भन्ने र अरुलाई दुख दिने स्वभावका मानिसहरुसँग उहाँको ग्रह मिल्दैनथियो रे । यसरी फैकाको पुर्वतर्फको सिमल्टारसँग सिमाना जोडिएर रहेको हाम्रो वसोवास स्थलको संरक्षण गर्ने र आफ्ना सन्तानहरुलाई आफ्नै पौरखमा वाच्न सिकाउनु भएको छ मेरो हजुरवाले । कपनको पश्चिमपÂिट्टका स्थानहरुमा वडा नं. ३ वेख वस्ती पर्दछ । फैका र वेखका फाँटमा वस्ती विस्तार हुनु पहिले प्रकृतिले लगाएको नियम उल्लंघन भएको थिएन । खेती नहुने वा कम खेती हुने स्थानमा मात्र वस्ती रहेका हुन्थे । समुदायमा वस्ने वानीले मानिस मानिसमा भाइचाराको भावनाको विकास हुदै गएको पाइन्थ्यो । आफ्नो जन्मस्थल प्रतिको मोहमा वृद्धि हुदै गएको महसुस हुन्थ्यो । जन्मस्थल छोड्ने र टुक्रिएर वा छरिएर वसाई सर्ने परम्परालाई ननिको पाराले हेरिने गरिन्थ्यो । त्यसैले वेखले एउटा मात्र वस्ती जन्माएको थियो भने वाँकी जमिन खेतीपातीलाई छुÂट्टयाइएको थियो । घरवाट वाहिर निस्कनासाथ सवै किशान देखिन्थे । हरिया फाँटहरुले सवैलाई किशान बनाइहाल्थ्यो । सलल बगेकी रुद्रमतीले सिँचिएका खेतका गराहरुमा लहलहाउने धान, गहुँ र केराउका वोटहरुले स्वच्छ हावा फैलाइरहेका हुन्थे । चावहिल गोपीकृष्ण सिमानादेखि फैलिएर रहेको ३ नं वडाको फाँट उत्तरतर्फ कपनको वडा नं. ४ लाई सिरानी हालेर मस्त निदाइरहेको भान हुन्थ्यो । विभिन्न वडाका किशानहरुको चुला चौका वचाएर गुन लगाउनमै हिउँद वर्षा काट्ने यो फाँटको पुर्वावस्था मेरो मानसपटलमा ताजै छ । पिपलका बृक्षहरु शिरमा लिएर गमक्क परेर बसेका उच्च स्थलहरु र समतल फाँटविचको संगमस्थल कपनमा अन्य गाउँहरुमा जस्तै ९ वडाहरु रहेका छन् ।

वडापरिचय, राजनितिक परिचय, जातीपरिचय र अन्य थुप्र विषयमा कपन दर्पणले स्पष्ट पार्ने भएका जानकारी गराउँदै यस सानो लेखमा बृहत रुपमा ब्याख्या गर्न सम्भव ठान्दिन । तर पनि सरसरती कपनको वारेमा थाह पाउन सकिने गरि केहि कुराहरु पाठक समक्ष राख्न चाहन्छु । कपनका वडाहरुमा वडा नं ८ र ९ पैयुटार नामले चिनिन्छन् । वस्ती विकासका दृष्टिकोणले यि वडाहरु पनि स्थापित भैसकेका छन् । कुनैवेला घरजग्गा मुल्यांकनमा वडा नं. १ भन्दा पनि अगाडि थियो भन्दा हुन्छ । बडा नं. १ लाई प्रमुख नाका वनाएर रहेका यि वडाहरुका विचवाट एउटा मुलवाटो लगिएको छ । त्यहि वाटो भएर गोकर्ण पुग्न सकिन्छ । यो वाटो कपनको पश्चिम तर्फका स्थान वाँसवारी, वसुन्धरावाट कपनको फैका देविस्थान हुदै गोकर्ण तिर्थाटन गर्न प्रयोग हुन्थ्यो भन्ने कुरा वुढापाकाहरुका भनाइवाट बुझ्न सकिन्छ । हाल आएर कपन एउटा नगरउन्मुख गाविसमा परिणत भैसकेको हुनाले यहाँको जनसंख्याको अडकल लगाउन सकिन्छ । तर भौगोलिक दृष्टिकोणले कपनको फैलावट ज्यादै ठुलो रहेको कारण सिंगै कपन एउटा छुÂट्टै वडा भएर नगर बन्ने सम्भावना कम छ । निति नियमको उल्लंघन गरेर कपनलाई टुक्राएर दुइभन्दा बढी वडा बनाइछ भने त्यो अर्कै कुरा हो । हुन त कपन गाविस नै भएर पनि छिमेकी नगर वडाहरुका दाँजोमा कम सुविधायुक्त देखिँदैन । वाटो, पानी र विजुली नै प्रमुख सुविधाका रुपमा स्थापित भएको भन्ने नगरका अवधारणालाई कपनले पनि छोएको छ नै । यसभन्दा वाहेक नगर भैसकेका बहुसंख्यक स्थानहरुले अन्य विशेष सुविधा भोग गर्न पाएका पनि होइनन् ।

कपनका फाँटमा वस्ती विकास भएपछि बढेको जनसंख्या र आवस्यक सुधार संगसंगै गएको हुँदा कपन वाटाहरु कालोपत्रे गर्ने, ढलनिकास र यातायातमा निकै अगाडि वढिसकेको छ । प्राय सडकका लाइनका घरहरु ब्यवसायिक रुपमा नै स्थापित भएका पाइन्छन् । औषधी पसलहरुले चिकित्सक नै उपलव्ध गराएर जनतालाई सुविधा दिइरहेका छन् । कपनमा सहकारी संस्था चल्न थालिसकेको छ । साँच्चै भन्नुपर्दा काठमाण्डौँका कतिपय नगर वडाहरु भन्दा सुविधासम्पन्न जिवन यस कपनका वासिन्दा भोग गरिरहेका छन् । चावहिल चक्रपथवाट मात्र ४–५ मिनेटमा कपन प्रवेश गर्न सकिन्छ । यसवाटै कतिपय अन्य नगरका वडाहरुले कपनसंग इष्र्या गर्नुपर्ने अवश्था आउँछ भन्ने प्रमाणित हुन्छ । कपनको पुर्व प्राकृतिक रुप मासिएर वनेको वस्तीलाई आजको समाजले आबश्यक्ताको रुपमा लिन थालिसकेको छ । अव इतिहासमा फर्किन पनि सम्भव पनि छैन । समयले ल्याएको परिवर्तनको रुपमा यसलाई स्विकार्नु सिवाय अर्को चाहारा पनि मानिसमा छैन । वरु यहि सिमंटिको जंगललाई सुधारेर, खाली स्थानमा हरियो हुने विरुवाहरु लगाएर र मानिसका भावनामा साहित्यिक बृक्षहरु रोपेर सिँगार्नुपर्दछ । कपनको पुर्वाअबश्था स्वर्ग सरि थियो भनेर कल्पेर काम छैन । तसर्थ आजको कपनलाई राम्रो भन्दा राम्रो भनेर चिनाउन नै कपनबासीको प्रमुख कर्तव्य हुन आउँछ । कपनमा थुप्रै सार्वजनिक सरोकारका जग्गाहरु थिए । तिनका केही अंश त अझ छँदैछन् । कतिपय भाग बाटामा परिणत भए त कति मिचिएका पनि होलान् । मिचिने कारण चाहिँ समाजमा जो आर्थिक रुपमा र अचल सम्पत्तिमा वलियो देखिन्छ त्यस्ता ब्यक्तिलाई नै यस्ता सार्वजनिक सरोकारका जग्गाप्रतिको लोभ बढेको पाइन्छ । कपनको सार्वजनिक जग्गाको ठुलो हिस्सा ससस्त्र प्रहरी निकायले प्रयोग गर्दै आएको छ । कतिपय यस्ता जग्गाहरु सार्वजनिक चौरकै रुपमा यथावत छन् भने केहि जग्गामा विद्यालय तथा मन्दिर स्थापना भएका छन् । यस्ता जग्गा उपयोग गर्न आउने संघसंस्थाहरुमा पनि निहीत स्वार्थ वा लोभको भावनाको भाग बढि देखिन्छ ।

तर, प्राय सार्वजनिक भनिएका जग्गाहरुका इतिहास खोतल्ने हो भने २०२२ सालको नापीअगाडि यहिँकै स्थानीय वासिन्दाका आफ्नै जग्गा हुन् भन्ने कुरा वुढापाकाहरुवाट ज्ञात हुन्छ । यसका अलावा कुला, भ्याल्साका रुपमा पनि केहि सार्वजनिक जग्गा रहेका छन् जुन या त वाटा कायम गरिए र केहि अझै कतै त्यसै रहिरहेका होलान् । समग्रमा भन्दा सरकारी नितिमा स्पष्टता नभएको र यस्ता जग्गा जमिन संरक्षणमा सरकारी उदासिनताको कारण यि यावत समस्या आइरहेका छन् । मन्दिरहरुमा मुख्यत कपनमा प्राचिन मानिएका मध्ये महाँकाल मन्दिर हो । यो महाँकालको मन्दिरको उत्पत्ति समय यकिन छैन । कपनका वासिन्दाहरुले थाह पाए देखि नै यस मन्दिर थियो र पुजा हुँदै आएको पनि छ भन्ने भनाइ छ । यो मन्दिर हालको कपन गुम्वाको परखालभित्र पर्दछ । निवर्तमान गाविस अध्यक्ष मिठाराम अधिकारीले विभिन्न समयमा यस मन्दिर प्रवेश गर्ने छुÂट्टै मार्गको लागि कपनबासीहरु सहित यत्रतत्र धाउनुभएको छ । पछि उहाँकै गाविस अध्यक्षताको कार्यकालमा पनि मन्दिरभित्र प्रवेश गर्नका लागि गुम्वासँग छुÂट्टै वाटो दावी गर्दै आवाज उठाउने कार्य भएका थिए । यस मन्दिर प्रवेश गर्न हाल गुम्वाकै मुल Ã¥ार प्रयोग गर्न वाध्य पारिएको छ । यस्तै सोही मन्दिरसंग प्रासंगिक रहेर स्थापित अर्को देवीस्थल यसै महांकाल मन्दिरवाट पुर्वपÂिट्टको अर्को उच्च स्थानमा रहेको छ । तर यसको पनि उचित संरक्षण हुन सकेको छैन । यसको मुल कारण नजिकै या सिमा जोडिएर रहेका तत्कालिन जग्गाधनी या वासिन्दाहरुको जग्गा वेचेर आउने रकमप्रतिको अन्धो लोभ हुनसक्छ । जग्गा वेच्नु अगाडि मठ मन्दिरका संरक्षण र मन्दिरसम्म जाने वाटोका उचित ब्यवस्थावारे सोच्नुपथ्र्यो । यसो हुन नसक्नुवाट आजको यो समस्या कायम नै छ । यसैगरि कपनका प्राचिन मंदिरमध्येमा वडा नं. १ को वालकुमारी मन्दिर पनि एक हो । यो मंन्दिरको स्थापना समयको पनि यकिन जवाफ छैन । जमानादेखि पुजा आजा चलि नै रहेको छ । मागेको कुरा पुरा हुने विश्वासले यो मंदिरमा पुजा गर्नेको भिड लाग्ने गर्दछ ।

त्यस्तै मन्दिरहरुमा वेखको पञ्कुमारीको मन्दिर पनि एक हो । वाटो र वस्तीको सम्भावना नै नभएको अवश्थादेखि नै यो स्थानमा पञ्चकुमारीको पुजा हुने गरेकै छ । त्यस्तै वडा नं. ८ र ९ को सिमानामा रहेको आकाशदेविको मन्दिर पनि प्राचिन मंदिरहरु मध्ये एक हो । गाउँहरुमा पुरातत्वको पहुँच नहुने भएकाले यि मन्दिरहरुका संरक्षणमा चासो नरहेको हुनसक्छ । अन्य मन्दिरहरुमा कपनको कृष्ण मन्दिर जहाँ नित्य पुजा गरिँर्दै आएको छ । यस्तै नयाँ मन्दिरहरुमा कपन वगलामुखी मन्दिर, वेखको शिद्धेस्वर शिव मन्दिर, वेखकै प्रहरि चौकी अगाडीको गणेश मन्दिर, फैकाको मुलचोकस्थितको राधाकृष्ण मन्दिर, फैकाकै देविस्थान पछाडीको भर्खरै निर्माण पुरा भै सकेको सोमनाथ शिवमन्दिर आदि छन् । अन्य कतिपय स साना मन्दिरहरु मैले यहाँ याद गर्न सम्भव भएन । समग्रमा भन्नुपर्दा कपनका ९ वटै वडाहरुमा कम्तिमा दुइ या दुइभन्दा वढी मठ मन्दिरहरु रहेका छन् । यस गाविसमा गैरसरकारी संस्थाहरु प्नि थुप्रै होलान् । ल्कवको रुपमा स्थापित भएर पनि वर्षका एक पटक वाहिर देखिने गरि यस क्षत्रको विकासको लागि काम गरेको महसुस गर्न सकिएको छैन । शिक्षालयहरुका संख्यामा बढोत्तरी आएपनि यसले गुणात्मकतालाई भन्दा संख्यालाई पछ्याएको महसुस हुन्छ । यसको प्रमाण शिक्षालयको स्थापनाको दाँजोमा यस क्षेत्रमा एउटा पनि पुस्तकालय नहुनुलाई लिन सकिन्छ । मलाई याद भएसम्म प्रथम वडा नं. १ फैकामा वालकुमारी मन्दिरसंगै लगभग वि.सं. २०३५ – ३६ सालतिर वालकुमारी पुस्तकालय स्थापना भएको थियो ।

फैकाका तत्कालिन जाँगरिला समाजसेवकहरुमा श्री राजु थापा, श्री श्यामवहादुर खड्का, श्री चिरन्जिवि चालिसे, श्री शुन्दर चालिसे, श्री ऋषि पौडेल, श्री माधव चालिसे, श्री प्रकास खड्का, श्री मुकुन्द चालिसे, श्री पृथ्वीराज अधिकारी, श्री ऋषभदेव चालिसे, श्री साम्भदेव चालिसे आदि ब्यक्तिहरुका कारण नै पुस्तकालय स्थापना सम्म गर्न सकिएको थियो । उहाँहरुकै सहभागितामा फैकाको देविस्थान नजिकै श्री राम बहादर खत्रीज्युको बारीमा “धोका” नामक नाटक मञ्चन भएको थियो । यस नाटक हेर्न गोकर्ण, रामहिटि, जोरपाटीदेखी दर्शकहरुका उपस्थिति थियो । नाटक राती मञ्चन गरिएको थियो । नाटक सफल पार्न सँगैको रामहिटिमा बस्ने स्व. श्री परिक्षित ढुÃङ्घाना ज्युले महत्वपुण योगदान पुÂ¥याउनु भएको थियो । उहाँहरु लगायतका जाँगरिला व्यक्तिहरु आँफैले रुख काटेर, वोकेर ल्याई आँफै खटेर इँटा पोली महांकाल ओरालो सिमानाका ढुÃङ्घेनदेखि ढुÃङ्घा काँधमा वोकेर ल्याइ स्थापना गरेका वालकुमारी पुस्तकालयका पुस्तकवाट करिव करिव ५ वर्ष यहाँका युवाहरुले फाइदा लिए । त्यसपछि संरक्षणका अभावमा पुस्तकहरु हराए र भवन जीर्ण भएर भत्कने अवश्थामा पुग्यो । पछि उहाँहरुको उत्पादनको रुपमा रहेको पुस्तकालयको भवनको पनि संरक्षण गर्नुपरयो भनेर स्थापित वालकुमारी ल्कवले नयाँ भवन वनाएको छ । त्यस कार्यमा म, कृष्णवहादुर खड्का र यादव पौडेलले ज्यादै मेहिनेत गर्नुपरेको थियो । यो भवन निर्माण सम्पन्न गर्न कपन गाविस र वौद्धका श्री कृष्णबहादुर लामा ९श्री छेवाÂङ लामा०को योगदान रहिआएको छ । अहिले त्यहाँ सानो पुस्तकालय र रेडक्रसको कार्यालय छ । यस अवश्थामा कपनको अस्तित्वको मुल इतिहासमा रहिरहोस् भन्ने अभिप्रायले निवर्तमान अध्यक्ष मिठाराम अधिकारीको पालामा गाविस वोर्डले कपन दर्पण प्रकाशनमा ल्यायो ।

श्री मिठाराम अधिकारी, श्री श्रीराम पौडेल, गोपालप्रसाद पौडेल, श्री वद्रीप्रसाद अधिकारी, श्री प्रमोद कणेल, श्री रामबहादुर खड्का, श्री शिववहादुर खड्का, श्री केशवराज पाठक, श्री अच्युत पौडेल, श्री रामकृष्ण केसी, श्री रामवहादुर लामा र श्री नरवहादुर भण्डारी ज्युहरुको सहयोगको सह्राना गर्नुपर्छ । यहि सम’हले नै कपन साहित्य समाजको परिकल्पना गरेको थियो र तत् अवश्थामा प्रकाशित कपन दर्पण कपन साहित्य समाजलाई हस्तान्तरण गर्ने निर्णय समेत गÂ¥यो । सहृदयी साहित्यकार तथा समाजसेवी श्री पुर्णप्रकाश नेपाल यात्रीज्यको प्रमुख सहयोग,सल्लाहमा पछि यसलाई कानुृनी मान्यता प्रदान गर्ने र यस कपन साहित्य समाजमा आत्मा भर्ने काम भयो । यहि कपन साहित्य समाज आज हाम्रो ढुकढुकी भएर हामी सामु कार्यक्रमहरु लिएर आइरहेको छ । कपन नेपाली साहित्यमा रुचि राख्ने व्यक्तित्वको कमी नभएको स्थान हो । साथै मूर्धन्य कविहरुको वासस्थान पनि कपन हो । तसर्थ, कपन साहित्य समाज आज हजुरहरु सवैको सहयोग, सद्भाव र संलग्नताको अपेक्षा गर्दछ ।

गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ २०६२ फागुन ४
कपन साहित्य समाज

(स्रोत : साझा डट कम)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.