कविता : दिलमा आखिर खोटरैछ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जीबनको मझधारमा
सदा तिमी भन्ने गथ्र्याे
एउटा मुटु चुडिकन
अर्काे मुटु जोड्नु छ है
लहसियौ पराईसंगै
आफ्नोलाई टाढा बनाई
आफ्नो मान्छे आफ्नो नभै
किन हुन्थ्यो पराई आफ्नै
हजार चोट सहेकोछु
बञ्चराको धारको हनाई
सहन गारो हुँदो रहेछ
बचनरुपि बाणको हनाई
हान हान सहन्छु अझै
बाच्न नै कति छ र
रगत मेरो बगेको छ
गण्डकीको भेल जस्तै
चित्त मेरो दुख्दैन
शरिर थीलथीलो हुँँदासम्म
प्रहार अझै गर तिमी
मुठ्ठी सास रहँदा सम्म
मुटु सँग मुटु जोड
आँखासँग आँखा
मनसँग मन साट
तनसँग तन
खुसी रहने तिम्रो हक
स्वतन्त्र छ जिबन
सहन साह्रै गारो रैछ
वचनरुपि बाणहरु
नपत्याय लौ हेर
मुटुभित्र गहिरो चोट
छातिमा मुड्की हानी
आखिर मलाइ जिउर्नरैछ
भईछौ तिमी हिजो आज
वायुपङ्खी घोडा जस्तै
छेक्ने हिम्मत भएन
आखिर दिलमा खोटरैछ ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *