स्वदेश गीत : म त तिम्रै सन्तान हुँ नि

~आचार्य प्रभा~acharya Prabha

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि —

जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी—
तर सकेनौ हामीले सपना सार्थक बनाउन तिम्रो
पश्चतापको आगोमा जलिरैछु म अहिले —

पराइ नठान आमा मलाई म त बुढेसकालको साहारा हुँ नि
ह्रीदय तिम्रो ब्यथाले जले मै शितल जल छर्न सक्छु नि —
एउटै हातको पाँच औंला पनि छन बेग्ला बेग्लै नै
सबैको भर नभए पनि काम दिन सक्छ कुनै एकले —

त्यस्तै ठान आमा मलाई पाँच औंला मध्य एक
थाम्ने प्रयास गर्नेछु म आउने बाधा अड्चन हरेक —
बैरी नठान —

आचार्य प्रभा
-अमेरिका
2008-12-01

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.