गजल : बुद्धको हार छ आज

~रमेश भट्टराई ‘सहृदयी’~

रक्तनृत्य विरोधी शान्ति दूत बुद्धको हार छ आज
हिटलरको रक्त होलीलाई कत्रो सत्कार छ आज

पिपले खेतलाई मिलेर सधैं कुलो खन्थे छिमेकीहरू
दलित बाहुन्, बाहुन् दलित विरोधी दुई धार छ आज

दलालमा जात थिएन गरिबलाई औकात थिएन
हुकुमी चक्रव्युहले भाइमै पानी बाराबार छ आज

पद, प्रतिष्ठा र पैसाको चङ्गुलमा फसेका छन् बन्धु
चढ्ने, गिराउने चर्को महङ्गीको जन बजार छ आज

विरोध, वार्ता र सम्झौता चक्र भाँडाकुटीको खेल झेल
राहत, अनुदानमा समेत खुलेआम भ्रष्ट्राचार छ आज

रमेश भट्टराई ‘सहृदयी’

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.