गजल : तिम्रो याद धेरै आउँछ

~बिरही लक्ष्मी~

बर्खा लाग्यो आमा तिम्रो याद धेरै आउँछ
सुसाई बग्ने खोलाले नि तिम्रै गित गाउँछ !!

उर्लि बग्दै होलान ती खहरे खोलाहरु
ख्याल गरि बस्नु आमा खराब त्यो ठाँउ छ !!

भए पनि सुखसयल रमाइला दिन हरु
किन आमा आज फेरि तिम्रै माया लाउँछ !!

के गर्दै छौ यो झरीमा , रुझ्दै होलेउ तिमी
यो मुटुको हर कुनामा तिम्रो मात्र नाउँ छ !!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.