लघुकथा : झन्डै अनर्थ भएको

~समीर पाख्रिन~

चार धाम तीर्थयात्राका लागि घरबाट निक्लेका सुखवीर र उनको पत्नी बसुन्धराको पनि कुनै फोन, खबर आएन । आमाबुबा फर्कने आशामा बाटो हेरेर बसेका परिवारका सदस्यहरूले आमाबुबा तोकेको समयमा पनि घर नफर्केका र कुनै खबर टु·ो नपाएपछि खोजतलास तीव्र पारेका थिए । उनीहरूले भारतीय दूतावासमा दुवैको फोटो र विवरण दिएर खोजी गरिदिन आग्रहसमेत गरेका थिए तर सबै प्रयास विफल भएको थियो । उत्तराञ्चलमा आएको भीषण बाढीपहिरोमा परेर हजारौं तीर्थयात्रीहरू बेपत्ता भएका र सयौंको ज्यान गएको खबरले परिवारका सदस्यहरूलाई भयभीत पारेको थियो । उनीहरूलाई रातभर निद्रा परेको थिएन । कतै आमाबुबाहरू पनि दुर्घटनामा त परेनन् । सोच्दा मात्र पनि उनीहरूको शरीर जिरि· हुन्थ्यो ।

उता बनारसदेखि केही वर ग·ाको किनारमा माझीहरूले सुखवीर र बसुन्धरालाई बेहोस अवस्थामा फेला पारी नजिकैको सरकारी अस्पतालमा पुर्‍याएका थिए । दुवै केही दिनसम्म बाढीको भ·ालोमा परेका कारण इन्तु न चिन्तु बनेका थिए । दुवैको शरीरको कपडा धुजाधुजा भएर च्यातिएको थियो । उनीहरूले आफूसित लगेका बन्दोबस्तीका सामानहरू सबै बाढीले बगाएको थियो । खान नपाएकाले दुवै हाडछाला मात्र भएका थिए । उनीहरूको उपचार सरकारी अस्पतालमा केही दिनसम्म चलेको थियो । केही दिनको उपचारपछि उनीहरू हिंड्डुल गर्न, सानातिना काम गर्नसक्ने भएका थिए । अस्पतालबाट छुटेपछि माझीहरूले सुखवीर र बसुन्धरालाई आफ्नो गाउँ लिएर गए । त्यहाँ माझीहरूले उनीहरूलाई बस्न एउटा खरले छाएको झोपडी दिएका थिए । सुखवीरलाई माझीहरूले आफ्नो कारोबारको हिसाबकिताब हेर्ने काममा लगाए । यसरी नै उनीहरूको दिनहरू बित्दै गए । एकदिन सुखवीरले बसुन्धरालाई भन्यो,“बसु, हामी यसरी बिरानो ठाउँमा कति दिन बस्ने ? छोरा बुहारीहरू हाम्रो बाटो हेरेर बसिरहेका होलान् । अब घर जाने होइन ?”

“मलाई पनि नातिनातिनाहरू हेरौं हेरौं लागिसक्यो । घर जानलाई खर्च चाहिन्छ । कसरी जोहो गर्ने ?,” बसुन्धराले रुन्चे स्वरमा भनिन् । “मैले बाटो खर्च जोहो गरिसकें । तँ किन चिन्ता गर्छेस् । बरु जाने पो कहिले ?,” सुखवीरले भन्यो ।

त्यो रात दुवैले घर फर्कने निर्णय गरी सुते । भोलिपल्ट सुखवीरले माझीहरूलाई आफ्नो देश फर्कने कुरा सुनाउँदा सबैजना पहिले त निराश र खिन्न भएका थिए तर पछि सबैले उनीहरूलाई बढो प्रेम र सद्भावका साथ बिदा गरेका थिए । उनीहरूलाई बिहान ८ बजे रेलले रक्सौल स्टेशन ओराली दिएको थियो । ठूलो दुर्घटनाबाट बाँचेर घर फर्कन पाएकोमा लोग्ने–स्वास्नी दुवै असाध्यै खुशी थिए । सुखवीर र बसुन्धरा केटाकेटीहरूका लागि केही खानेकुरा किनी वीरगंज घरतिर आउन रिक्सा चढेका थिए ।

यता लामो समयसम्म प्रतीक्षा गर्दासमेत आमाबुबा घर नफर्केपछि परिवारका सदस्यहरूले काजकिरिया गर्न उचित ठानी पुरोहित बोलाइ क्रियाकर्म शुरू गरेका थिए । बिहानको समय सुखवीरका तीनै छोराहरूले सेतो कपडा लगाउन र केश मुण्डन गर्न पुरोहितको आदेश पर्खेर बसिरहेका थिए । आँगनभरि इष्टमित्र, आफन्तहरू भेला भएका थिए । एक कुनामा खानेकुराहरू धमाधम पाकिरहेको थियो । केश मुण्डन गरिदिन हजाम पनि पुरोहितको इसारा पर्खेर बसिरहेका थिए । मानिसहरू सुखवीर र उसको पत्नी दुर्घटनामा परेको कुरामा अहिले भने विश्वस्त देखिन्थे । सबैले दु:ख व्यक्त गरिरहेका थिए भने कतिले चाहिँ लोग्ने–स्वास्नीसँगै परलोक भएकोमा बूढाबूढी भाग्यमानी रहेछन् भनिरहेका थिए । पुरोहितले प्रारम्भिक वैदिक प्रक्रिया पूरा गरी तीनै छोराहरूलाई केश मुण्डन गर्न आदेश दिन मात्र के आटेका थिए । सुखवीर र बसुन्धरा चढेको रिक्सा घरको गेटनिर आएर अडियो । बूढाबूढीलाई सकुशल घर फर्केको देखेर सबै केही क्षण अवाक भए । कतिलाई त सपनाजस्तो लागिरहेको थियो । कोही पनि तत्काल बोल्न सकिरहेका थिएनन् ।

“भक्ते १ यो तिमीहरूले के गरेको ?” बसुन्धरा सशड्ढित भई प्रश्न गर्दा पो छोराहरू झस्केका थिए । बूढाबूढीलाई देख्नसाथै पुरोहितले बाँकी काम स्थगित गरेको थियो । सबै छोरा बुहारीहरूले आमाबुबालाई अँगालो हाली रोएपछि मात्र सुखवीर र बसुन्धराले वास्तविक कुरा बुझेका थिए ।

“ए आमाबुबा अब फर्कंदैन भनेर हाम्रो बिदावारी पो गर्न लागेको तिमीहरूले ? हामी यति चाँडै कहाँ मर्छौ र बाबु । हामीले अझै कति काम गर्न बाँकी नै छ । अँ रातभरि रेलले हल्लाएर हामी दुवै थाकेका छौं । पहिला केही क्षण आराम गर्छौं, त्यसपछि घटना विवरण सुनाउँला है ।” सुखवीर यति भनी नातिनातिनीहरूलाई अँगालोमा हाली घरभित्र प्रवेश गरेकादृश्य हेरिरहेका इष्टमित्रहरू, आफन्तहरू आँखाअगाडिको दृश्य सपना हो कि विपना छुट्याउन नसकेर वाल्ल परेका थिए । अस्तु ।

इति

–वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *