लघुकथा : अन्तर

~कात्यायन~dhanwantari-mishra-katyayan

– मैले कोमामा देखेको थिएं, – सात वर्षे बालक चकलेट किन्न पसलमा जाँदा अगाडि उभिएको व्यक्तिलाई सोध्ने गर्छ – ‘के तपाईं पालोमा हुनुहुन्छ ?’

– अनि यहाँ देख्छु, – सत्तरी वर्षका बृध्द-बृध्दाहरू पनि कसरि पशुपतिको चन्दन लिंदा होस् वा बृध्द-भत्ता लिन ठेलमठेल गरिरहेकाछन् |

– मैले देखेको थिएं, – त्यहाँ पशु-पंछिहरूलाई पानी नराखेको आरोपमा जेल जान पर्थ्यो र यहाँ जेलमा परेकाको आफन्तहरूले ल्याएका पानीहरू नै कसरि जेलरहरूले नै पिउने गर्छन् |

– त्यहाँ कसरि किशोर-किशोरीहरूले मद्पान-धूमपान गर्दा अभिभावकले सजाँय पाउंथे; यहाँ बालकलाई नै कसरि त्यही किन्न पठाउने गरिन्छ | कसरि सानाले बिध्यालय नजाँदा ठूलाले जरिवाना भर्थे; यहाँ सानालाई बाख्रा चराउन बाध्य पारिन्छ |

– उनीहरूलाई कुरा काट्ने फूर्सद थिएन; यिनीहरूलाई कुरा काटेर फूर्सद छैन |

– त्यहाँ अपराधीले प्रहरीलाई सलाम गर्थे; यहाँ प्रहरीले अपराधीलाई |

– त्यहाँ माग्नलाई कला प्रदर्शन गर्थे; यहाँ तिनीहरूसँग पनि माग्ने गरिन्छ |

– तिनीहरू गौरबकोलागि काम गर्थे; यिनीहरू मामकोलागि काम |

– तर उनीहरू भीडमा आफन्त खोजिरहेका थिए, प्रेम खोजिरहेका थिए; यिनीहरू भीडलाई आफन्त देख्थे, माया गर्थे |

– मैले बिर्सिएछु, – कोमामा म बिदेशमा थिएं; अहिले स्वदेशमा |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *