व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने यसले अनेक किसिमका उत्पात मच्चाउँदै आफ्नो करामत देखाउन थालेको छ । आफ्नो महत्ता बढाउन थालेको छ । लाग्छ,— ‘लाइन’ बिना केही पनि सम्भव छैन र ‘लाइन’ हुँदा असम्भव पनि केही छैन । त्यसैले त आजभोलि मानिसहरु ‘लाइन’ को महत्वलाई यसरी हेर्न थालेका छन् —

लाइनं सर्वकारे च लाइनं बन्धुबान्धवः
मतदानं च लाइनं सर्वतो पङ्क्तिलक्षणः ।

मान्छेलाई जुन विषयले सताएको छ त्यही विषयले उसको दिमाग चाटिरहन्छ । यो अस्वाभाविक कुरा होइन । त्यसैले ‘लाइन’ को कुरा गर्ने बित्तिकै तपाईंको मनमा मट्टितेल पम्प अगाडि ठेलमठेल गरेर मट्टितेल खरिद गर्न उभिएको ‘लाइन’ को दृश्य वा पेट्रोल पम्प अगाडि पेट्रोल कित्रका लागि उभिएकाको ‘लाइन’ को दृश्य पनि आउन सक्छ । यस्तै ग्याँस पसलका अगाडि रित्ता सिलिण्डर हल्लाएर ग्याँसका ‘लाइन’ मा बस्नेको दृश्य पनि आउन सक्छ । अथवा, तपाईं कर्णालीका कुनाकाप्चाका बासिन्दाका लागि खाद्य संस्थानले बाँडेको चामल वा साल्ट टे«डिङले बाँडेको नुनको ‘लाइन’ सम्झन सक्नु हुन्छ । कतै शेयर बजारतिर पनि तपाईंको लगाव छ भने कुनै पनि बैङ्कका अगाडि शेयर खरिदका लागि आवेदन गर्नेहरुको ‘लाइन’ पनि तपाईंको दिमागमा नआउला भत्र सकित्र । यति मात्र होइन विमारीले आपैmँ वा तपाईंको घर परिवार सताइएको छ भने तपाईं पैसा तिरेर नक्कली स्वास्थ्य किनिरहेको अस्पतालको ‘लाइन’ पनि सम्झन सक्नु हुन्छ । यस्ता ‘लाइन’ जीवन भोगाइमा कति आउँछन् कति ! त्यसैले यो सोह«ै आना तपाईंको भोगाइसँग सात्रिध्य राख्ने विषय हो, अन्यथा पटक्कै होइन ।

यति मात्र होइन तपाईं सामान्य मान्छेले सोचेभन्दा एक कदम अगाडि पनि हुन सक्नु हुन्छ । यदि यस्तो हो भने तपाईं बुझन्ते, घोकन्ते वा ठोकन्ते राजनीतिप्रति आस्था राख्दै त्यहाँ ‘लाइन’ मारिरहेको हुन सक्नु हुन्छ । बुझन्ते राजनीतिप्रति तपाईंको चासो छ भने तपाईं जनताका घर दैलोमा ‘लाइन’ नमारी केन्द्रतिरै आपूmलाई धाइरहेको पाउनु हुनेछ र मौका पर्दा टिकाबहादुर भएर उदाउनु हुनेछ । अनि, मौका नपर्दा तपाईं ‘लाइन’ बाट बाहिरिएर गर्धन सुम्सुम्याउँदै सडक नापको काममा खटिनु हुनेछ । यदि यसो नभएर तपाईं घोकन्ते राजनीतिमा आस्था राख्नुहुन्छ भने बुझ्दो न सुझ्दो कुत्रि को हो टुँडिखेलमा कुद्दो भनेभैmँ कुरै नबुझी जसको पछि लाग्नु भएको छ चौबीसै घण्टा उसकै भजन गाएर ‘लाइन’ मारिरहेको हुनु हुनेछ । यस्तो ‘लाइन’ मराइमा बढी कुरो बुझ्नु आवश्यक नै छैन, आपूmलाई कति फाइदा हुन्छ त्यत्ति बुझे पुग्छ । नेताले भट्ट्याएका शब्द, पदावलि र वाक्य घोकिदिए पुग्छ । अर्थ जेसुकै लागोस्, परिणति जेसुकै होओस् । त्यति भएपछि खाँटी कार्यकर्ता, अरु केही गर्नै पर्दैन । अनि, तपाईंको ‘लाइन’ दिन दुगुना रात चौगुना, आजभन्दा भोलि भोलिभन्दा पर्सि झन्झन् गाढा झन्झन् गाढा । नेता नजिक जनता टाढा ।

यदि यी दुवैप्रति चासो नभएर तपाईं तेस्रो मार्गी हुनुहुन्छ भने तपाईं अग्रगामी ‘लाइन’ को भत्रे पक्का हुन्छ । यस्तो ‘लाइन’ मा तपाईं हुनुहुन्छ भने सक्कली रासायनिक मलको जस्तो प्रतिक्रिया तपाईं देखाउन थाल्नु हुन्छ । यस्तो प्रतिक्रिया देखाउन थालेपछि तपाईं ह्वात्तै बढ्न पनि सक्नुहुन्छ, स्वात्तै घट्न पनि सक्नु हुन्छ । यतिखेर तपाईंं परम्परित विधि र बाटो छाडेर ठोकन्ते व्यवहारमा विश्वास गर्न थाल्नु हुन्छ । तपाईंको ठोकन्ते व्यवहार भौतिक, मानसिक, आर्थिक, सामाजिक, धार्मिक, भाषिक जहाँ जतिखेर जे पनि हुन सक्छ । जातीय, क्षेत्रीय, साम्प्रदायिक जुनसुकै अङ्गमा पनि भोलिको चिन्तै नगरी ठोक्न थाल्नु हुन्छ र यो नै तपाईंको महान् पुरुषार्थ कहलिन थाल्छ । यस्तो ठोकाइले लोकतन्त्रको जग बलियो हुँदै जान्छ । लोकतन्त्रको जग बलियो पार्ने यस्ता ठोकाइका प्रतिक्रिया सडक जाम, बजार बन्द, पढाइ ठप्प, चन्दा, बन्द, घेराउ, नाराबाजी, तालाबन्दी भएर यत्रतत्र सर्वत्र देखिन थाल्छ । स्थापित विस्थापित र विस्थापित लखेटिने काम यत्रतत्र सर्वत्र देखिन थाल्छ । अपहरण र फिरौती पनि यो ‘लाइन’ को मन पर्ने विधा हुन पुग्छ । तर यी सबै किसिमका प्रतिक्रिया सार्वजनिक रुपमा बाहिर नआऊन् भनेर आ–आफ्नो ‘लाइन’ अनुसार पत्रकारलाई झडप र पत्रिकालाई हडप गर्ने व्यवहार पनि निरन्तर चल्न थाल्छ । अनि, छोरी कुटेर बुहारी तर्साउने नेपाली आहानलाई यसले बिर्साउँछ र भटाभट लौरामा भोट ओइरिन थाल्छ । अरु हेरेका हे¥यै । यस्तो ‘लाइन’ पक्डेपछि पाक्कपुक्क भाक्कभुक्क भत्रे कुरा तपाईंका लागि सामान्य हुन्छ । यस्तो व्यवहार रुघाले ग्रस्त पारेका बेलाको सिँगान जस्तो निरन्तर जारी रहन्छ । यी सबै ‘लाइन’ के कस्तो भत्रे कुरा आ–आफ्नो ‘लाइन’ मा भरपर्ने कुरा हुन् । साधारणतया आपूmले गर्दा ठीक र त्यही कुरो अरुले गर्दा बेठीक यसको मूल मर्म र धर्म हुन पुग्छ । त्यसैले कुन ‘लाइन’ ठीक कुन ‘लाइन’ बेठीक भत्रे कुरो आ–आफ्नै ‘लाइन’ मा भर पर्ने भयो, अरुले भत्रे कुरो रहेन ।

राजनीति मात्र सबैको चासो र सरोकारको विषय नहुन पनि सक्छ । यो सम्भावनाभित्र तपाईं पनि पर्नु हुन्छ भने तपाईंको कार्यक्षेत्र नागरिक प्रशासन पनि हुन सक्छ । यस्तो क्षेत्रमा तपाईंको संलग्नता छ भने तपाईं नियुक्ति, सरुवा, बढुवा र घटुवाको ‘लाइन’ मा अल्झिएको हुनुहुनेछ । कहिले सदर कहिले बदरको ‘लाइन’ मा तपाईं आपूm दौडिरहेको र अरुलाई दौडाइरहेको हुनुहुनेछ । ‘लाइन’ बिना न तपाईंको नियुक्ति हुन्छ, न बढुवा न सरुवा । ‘लाइन’ मिलेको छ भने तपाईं भोटाहिटीबाट असन, असनबाट नयाँ सडक, नयाँ सडकबाट भद्रकाली हुँदै सिंहदरबारमा भित्रिनु हुनेछ । अभैm सालासाली, ज्वाइँभिना, साढुभाइसाढुदाइ जस्ता पुरानो नेपालको भाषामा फरियाको र नयाँ नेपालको भाषामा कुर्तासलवार आदिसँग जोडिएको नाता छ भने त तपाईंको नियुक्ति र सरुवा बढुवा स्वदेशभित्र मात्र सीमित नरहेर विदेशतिर पनि सयर गर्न पुग्छ । तपाईंसँग नेपाली वर्णमालाले कनिकुथी सामान्य चिनारी गरेपछि तपाईंको योग्यता मोबाइलको ब्याट्री फुल भएभैmँ फुल हुन्छ । बाँकी अङ्गे्रजी वर्णमाला खटिएकै ठाउँमा रट्ने गृहकार्य पाएर तपाईं विदेशीनु हुन्छ । ‘एस’ ‘एस’, ‘ओके’ ‘ओके’ नभन्दै तपाईंको भिसा लागिसकेको हुन्छ । ‘हस्’ ‘हस्’, ‘हुन्छ हजुर’ को ‘लाइन’ ले तपाईंको जाँचपास मिलाइसकेको हुन्छ ।

यसको विपरीत तपाईंको अभियान बिना ‘लाइन’ को छ भने थानकोटबाट शिवपुरी, शिवपुरीबाट साँखु, साँखुबाट साँगा हुँदै बनेपाको बाटो बाहिरिनु हुन्छ । अनि, परेन फसाद् । अब भत्रुस् त ‘लाइन’ बिना केही हुन्छ ? यति मात्र कहाँ हो र ! ‘लाइन’ मिल्दासम्म भन्सारको सन्सार र रहरको कर तपाईंबाट कहिल्यै टाढिँदैन । ‘लाइन’ मिलेन भने हुलाकमा पनि हुर्मत लिने गरी तपाईं हुत्तिनु हुन्छ । ब्याइते प्रजातन्त्र छाडेर ल्याइते लोकतन्त्र ल्याएपछि नारायणहिटीको नटुवा र वुटवलको बटुवा सबै एकनास हुन्छ भत्रे तपाईंको महान् क्रान्तिकारी सोच हात्तीको देखाउने दाँतमा सीमित हुन पुग्छ र ‘लाइन फ्लू’ को महामारी पैmलिन थाल्छ । विश्वलाई हाहाकार पारिरहेको ‘स्वाइन फ्लु’ औषधिले निको हुन्छ, तर नेपाललाई मात्र दुःख दिइरहेको ‘लाइन फ्लु’ लाई न त एलोप्याथीले छुन्छ, न त होमियोप्याथीले । फेरि यस्ता ‘लाइन फ्लु’ ले ग्रस्त पारेका नागरिक प्रशासनकर्मीलाई कुर्सीको कर्ममा त्यति विश्वास हुत्र । ‘लाइन’ अनुसारका प्रभु मन्दिरहरुमा धाउँदै र भजन गाउँदैमा यिनको दिनचर्या बित्छ । आफ्ना प्रभुहरुको ‘लाइन’ मा गडबडी हुनेबित्तिकै तिनै प्रभुका पक्षमा यी पारख गर्न थाल्छन् । ठाउँ परिस्थिति अनुसार घेराउ, तालाबन्दी, अल्टिमेटम, धम्की, पुत्ला दहन जे जे कर्मको आवश्यकता जहाँ जतिखेर पर्छ ती सबै जारी गर्न यी तम्तयार हुन्छन् । यिनका लागि नागरिक सेवा त फुर्सदको व्यापार जस्तो मात्र हुन पुग्छ । अनि, यस्तासँग कसैको केही लाग्छ ?

नागरिक प्रशासनको अलावा तपाईं भविष्यका कर्णधारहरुको जिम्मा लिएर भित्तो पुछ्ने काममा खटिएको पनि हुन सक्नु हुन्छ । यदि यसो हो भने फेरि तपाईंको छुट्टै ‘लाइन’ हुन्छ । संघ, सङ्गठन, परिषद्, युनियन, मन्च आदि तपाईंका ब्याड हुन्छन् । तपाईं यसैमा उम्रिनु हुन्छ र आ–आफ्नो ‘लाइन’ पकडेर हुर्किनु हुन्छ । यदि तपाईं कसैको ब्याडमा नउमे्रर नाबो भएर हुर्कन खोज्नु हुन्छ भने जिन्दगीभर भित्तो पुछेको पुछ्यैमा पर्नुहुन्छ । फल केही लाग्दैन । लागिहाल्यो भने पनि त्यो फल चन्दा रसिदमा टाँसिन पुग्छ । तर ‘लाइन’ मा टाउको अड्याउनेहरु कहिले बिरालो कहिले मुसा भएर यत्रतत्र सर्वत्र नाचिरहेका हुन्छन् । यस्ता नटुवाहरु भविष्यका कर्णधारहरुलाई कहिले जडवादी, कहिले जनवादी, कहिले मनवादी शिक्षा दिइरहेका हुन्छन् । सिद्धान्तमा भन्दा व्यवहारमा यी बढी विश्वास गर्छन् र आ–आफ्नो ‘लाइन’ अनुसार कर्णधारहरुलाई सडकमा ल्याएर घोटाइरहन्छन् । तिललाई पहाड र पहाडलाई तिल बनाउनु यस लाइनमा लाग्नेहरुका लागि चुट्कीको खेल हुन्छ । यिनीहरुको जरा टाढा टाढाका बस्तीसम्म पनि जरिने हुनाले आफ्नो ‘लाइन’ बिस्तारका लागि यिनीहरु सबैको रोजाइमा पर्छन् । तसर्थ, यो ‘लाइन’ मा लाग्नेहरुका लागि पेशा अधिकारको कुरा हुन्छ, कर्तव्यको विषय कदापि हुत्र ।
यी त भए समाजमा भएका ‘लाइन’ मध्येका केहीको झझल्को । हाम्रा सामु यस्ता ‘लाइन’ र तिनको ‘लाइन महात्म्य’ कति छन् कति । तपाईं कसका कुरा गर्नु हुन्छ ? खुद्रा व्यापारीको कि थोक व्यापारीको, सदाचारीको कि भ्रष्टाचारीको, विद्यार्थीको कि गुरुको, जनताको कि नेताको, संसदको कि सडकको, महिलापुरुष वा तेस्रो लिङ्गीको, बालकको कि बूढाको, मानव अधिकारवादीको कि पशु अधिकारवादीको, स्रष्टाको कि द्रष्टाको, जँड्याहाको कि गँजडीको । यी सबका आ–आफ्ना ‘लाइन’ छन् । यी सबै आ–आफ्ना ‘लाइन’ अनुसार बोल्छन्, लेख्छन्, खान्छन्, हिँड्छन् । कतिपयले यस्ता ‘लाइन’ मा हिँडेखाएको पत्तै पाइत्र । यस्ता ‘लाइन’ मा बसेर ‘लाइन’ मार्नेहरुको चर्तिकलाको वर्णन र तिनको वंशावली उतार्ने हो भने छत्तीस पुराण तयार हुन्छ, अठार मात्र किन ? यस्तो तयारीले जीउ नै जुरुङ्ग पार्ने महाभारत मात्र होइन, जीउ नै गल्र्याम्गुर्लुम् पार्ने महानेपाल सुरु हुन्छ । महानेपालको मञ्चन एकपटक गर्ने हो भने पटकपटक नेपालको नाम फेरि लिनै पर्दैन । कहाँ नेपाल, कहाँ नयाँ नेपाल ।

कुरो अचम्भको छ । अकबरले कोरेको ‘सानो लाइन’ लाई वीरबलले कोरेको ‘ठूलो लाइन’ ले खाइदिएभैmँ हाम्रा सामु नाचिरहेका सबै ‘लाइन’ मौका पर्नासाथ एकअर्कालाई खान तम्तयार छन् । ‘राष्ट्रिय लाइन’ मात्र होइन, ‘अन्तर्राष्ट्रिय लाइन’ पनि दिनानुदिन हाम्रा भित्रभित्र छिर्दैछन् । ‘लाइन’ नै ‘लाइन’ को खिचातानीमा कतै ’राष्ट्रिय लाइन‘ लाई ‘अन्तर्राष्ट्रिय लाइन’ ले स्वात्तै निलिदिन के बेर । यदि यस्तो हुने हो भने त्यतिखेर हामी ‘लाइन माने लाइन’ मा सीमित हुन्छौँ, त्योभन्दा बढी हातलागी केही हुत्र । त्यसैले कुनै पनि दिन ‘लाइन माने लाइन’ र ‘लाइनवाद मुर्दावाद’ भत्रुपर्ने क्षण हामीलाई नआओस् । यसका लागि तपाईंका ‘लाइन’ मा पनि केही उपाय हुन सक्छन् । यदि छन् भने बेलैमा भत्रु होला, समय घर्केपछि कसैको केही लाग्दैन ।

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *