कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~

“मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो ।

बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी सुरक्षा फौजको त्रास । गाउाका समाचार धेरै बिक्थे त्यसताका । गाउाको समाचार लेख्ो बापत कोहीकोही बेला शहरमा बस्ने हाकिमहरुलाई प्ा्रष्टिकरण समेत दिनु पर्दथ्यो । यो बीचको सन्तुलनमा कमरेड थपिंदा एकको पक्ष लिजस्तो हुन्थ्यो । फेरी अर्को पक्षले थाहा पाएमा पर्ने जोख्ािमको डर त छदैं थियो । त्यसैले मलाई कसैले कमरेड नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । एक उनी थिइन्, जो घरिघरि मलाई ‘कमरेड’ सम्बोधन गरेर जिस्क्याइ रहन्थिन् ।

उनलाई पहिलो पटक मैले एक सांस्कृतिक कार्यक्रममा देख्ोको थिएं । माओवादी कलाकारको ‘स्टोरी’ बिक्ने आाकेर मैले उनको अन्तरवार्ता समेत लिएको थिएं । ‘हातमा के भएको ?’ – उनको दाहिने हातमा बााधेको रुमाल र असन्तुलित हात झुञ्ड्याइले मलाई प्रश्न गर्न प्रेरित गर्‍यो । ‘ गोली लागेको ।’ – ‘अरे Û बाफ रे बाफ’ गोली लागेको अवस्थाको कति सहज उत्तर । न अनुहारमा कुनै परिवर्तन, न बोलीमा । मानौं, गोली लाग्नु भनेको कमिलाले टोक्नु भन्दा सामान्य हो ।

‘हेरौ’ मैले आग्रह गरें । उनले रुमाल हटाइन् । पाख्ाुराको माथि केही ख्ााल्डो परेको छ ।, त्यहाा केही रुवा कोचिएको छ । घाउको परिधि सुन्निएर रातो भएको छ । ‘ओ हो Û’ – मेरो मुख्ाबाट अनायस यो शब्द फुत्कियो । ‘युद्धमा यो सामान्य हो ।’ उनले सामान्य रुपमा लिइन् ।

मलाई उनको नामले थप आश्चर्यमा पारेको थियो । बााके-बर्दियामा अनौठा अनौठा नाम गरेका माओवादीहरुकोे चर्चा हुन्थ्यो । माओवादीका केन्दीय नेता ‘प्रचण्ड’ थिए । तर, यिनको नाम कविता थियो । ‘युद्ध र कविताको के सम्बन्ध ?’ – मेरो चाहना उनको नाम अलि आक्रमक, क्रुर भइदिए हुन्थ्यो भन्ने थियो । तर, मेरो प्रश्न र्झन नपाउादै उनले भनेकी थिइन् – ‘शोषण, दमन र बिभेदबाट बिद्रोह जन्मिन्छ । बिद्रोहको संख्ाघोष बन्दुक र कविता दुबैले गर्दछन् । त्यसैले युद्ध र कविता एक अर्काका परिपूरक हुन् ।’ ‘क्रान्तिकारीका कुरै ठूला ।’ – मनमनैको मेरो यो निश्कर्षसागै त्यो दिनको अन्तरवार्ता टुंगिएको थियो ।

नेपाली जनयुद्धको पहिलो पंक्तिको साक्षी पत्रकारहरु थिए । त्यसैले पनि म युद्धका हरेक आरोह अवरोहहरुसाग नजिक थिएं । अनेक मान्छे भेटिन्थे, अनेक घटना अचम्मका हुन्थे र धेरै समय चर्चामा रहिरहन्थे ।

मलाई कविता कमरेड देख्ोर छक्क लागेको थियो । ‘म किन जनयुद्धमा लागिंन ?’ भन्ने प्रश्न एकपटक मेरो मनमा आएको थियो । समाज परिवर्तनका लागि जनयुद्ध ठीक हो भन्ने निष्र्कषमा म पुग्न ख्ाोज्दै रोकिंदै गर्दथें । कविता समाज परिवर्तनका लागि लडिरहेको बताउाथिन् । परिवारका सदस्यहरु युद्धको नाममा मारिएपछि त्यसको बदला लिन उनी यता होमिएकी थिइन् । उनले बाबुआमा सागै आफन्त गुमाइन्, स्कूले शिक्षा गुमाइन्, सामाजिक सुरक्षा गुमाइन् । पाइन् केवल पहाड झै लाग्ने पीडा र उज्यालो र लक्ष्यविहीन भविश्य । यसरी युद्ध बन्यो एक किशोरीको सुरक्षित गन्तब्य । कविताले बन्दुक उठाइन्, युद्ध लडिन् । मान्छे मारिन् । लडाईकै क्रममा उनको हातमा समेत गोली लाग्यो । दाहिने हातमा गोली लागेपछि उनी सांस्कृतिक बिभागमा आइन्, गीत गाइन् र बिद्रोह र परिवर्तनको संख्ाघोष गरिरहिन् ।

पााच बर्ष पछि म यो घटना सम्झदैंछु । जीवनको अनेक मोडमा मसाग भेट भएका पात्रहरु कहाा छन्, के गर्दैछन् मलाई थाहा छैन । तर कविता कमरेडलाई पााच बर्ष पछि नेपालगञ्जमा भेटें । म उनलाई भेटेपछि धेरै अन्योल र असमान्जस्यमा परें र निष्कर्ष निकालें – ‘युद्धले कहिल्यै कसैलाई फाइदा गर्दैन । ‘

म नेट साइबरमा थिएं । साइबरको काउण्टरमा कोही महिला अमेरीका जानका लागि भरिने डिभी चिट्ठाको सूचना साइबरको मान्छेलाई दिइरहेको म क्याविनबाट थाहा पाइरहेको थिएं । त्यो आवाज चिने जस्तो लाग्थ्यो । मैले को रहेछ भनि हेरें तर चिनिंन । काम सकेर म निस्किंदा ती महिला त्यही बसिरहेकी थिइन् ।

फुङ्ग उडेको अनुहार, धेरै दिन देख्ाि स्याम्पू नदेख्ोजस्तो लाग्ने कपाल, मैलो देख्ािने कुर्ता सुरुवाल र हात्तिछाप चप्पल लगाएकी ती महिलालाई मैले कंहि देख्ोजस्तो, कहिं चिनेजस्तो लागिरह्यो । ‘कति पैसा भयो ?’ – ती महिलाको समेत ध्यान आकृष्ठ गर्दै म काउण्टरमा गएं । उनका निरस आाख्ााले म तिर पुलुक्क हेरे । मेरो मुख्ाबाट आश्चर्य मिश्रति आवाज आयो – ‘कविता कमरेड Û’ सायद उनले पनि मलाई चिनिन् । म त कविता सभासद भइन्, मन्त्री वा कतैको ठूलै पदमा पुगिन् होला भन्ने पो सोचिरहेको थिएं ।

सन्सार जितौंला जस्तो इच्छाशक्ति बोकेर युद्धमा लागेकी कविता र अमेरीका जान पाइने आशामा साइबरमा डिभी भर्न लागेकी कविताको म तुलना गर्दैछु । ‘अब्बल साम्यवादी चेत भएकी, अनुहारमा दिव्य आलोक भएकी कविता र नीरह र निरस कविता के दुबै एकै हुन् ?’ मेरो मन प्रश्न गर्छ । ‘समयको गति सागै कविता कमरेड किन आफूले संघर्ष गरेको देश नेपाल छाडेर सपनाको देश अमेरीका प्रति आशक्त बनिन् ?’- मसाग अनगिन्ती प्रश्नहरु एकै पटक ज्वारभाटा जस्तै आउादै जादैं छन् ।

उनले भनिन् – ‘मलाई कमरेड नभन्नुहोस् । आजभोलि यो शब्दसाग मलाई बितृष्णा छ ।’

हामीले केहीबेर कुरा गर्‍यौं । उनको दाहिने हातको घाउ अझै ठिक भएको छैन । यसले हातलाई अझै गलाई रहेको छ, पीप बगिरहन्छ । उनको बिहे भएको, फेरी पतिको युद्धकै क्रममा मृत्यु भएको, शान्ति स्थापना पछि पार्टीमा उनको भूमिका कम भएको, सांस्कृतिक बिचलनको आरोपमा पार्टीले कारवाही गरेको र अन्त्यमा शहरतिर ‘पाइएको’ काम गरेर जीवन गुजारा गरिरहेको सुन्दा मलाई नमज्जा भयो । म त्यहााबाट निस्किएं । कविता कमरेड साग फेरी भेट होला, नहोला । तर, मसाग यो प्रश्न अझै साथै छ – ‘के कविता कमरेडलाई डिभी पर्ला ?’

डिसेम्बर 31, 2009

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *