कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~devendra-basyal

तिमि सुतेकै थियौ छोरी
म झिसमिसेमै हिडिहालें
तिम्रो कलिलो अनुहार
मलाई हेरिरहेको थियो छोरी

तर तिमि निदाईरहेकी थियौ
मैले तिम्रा दुबै गाला
सुमसुमाए र म्वाई खाएँ
तिम्रो मायालाई मुटुभरी बोकेर
पछ्यौरीले आँसु पुछ्दै हिडिहालें

एकछिन ममी नछोड्ने तिमी
मेरी पुच्छर थियौ छोरी
म पनि तिमि बिना
बाँच्नै नसक्ने ममी थिएं छोरी

तिम्रो मुहारको मुस्कानले
मलाई जिउने उर्जा मिल्थ्यो
तिम्रा आंसुका ढिकाले
मेरो मुटुमा प्वाल पार्थ्यो

ब्युझेर नखोज्नु छोरी
म वैदेसिक रोज़गारमा हिडें
नरूनु खोज्दै ममी छोरी
म पनि आँसु पिउदै हिडें

तिम्रो बुबु छैन छोरी
कचौरीमा माम खानु
ममी संझेर रोईरहंदा
कचौरीमा आँशु नपार्नु

म खुसीले हैन छोरी
तिमिलाई गुँडमै छोडी हिड्नु
बाध्यता र बिबस्ताले छोरी
पर्यो मलाई घर छोड़ी हिड्न

– देबेन्द्र बस्याल, जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *