कविता : जिवन कस्तो बनाईस्

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

हे आमा देऊ आशीष नजाऊ विदेश भनी ।
दिन दिनै लाशको ताँती बाकसमा बसी ।
कस्तोे देश हो हाम्रो ,छैन रखवार जनताको ।
कहिले आऊला ,खुसि नेपालीका मुहारमा ।

लड्दैभीड्दै ल्यायको लोकतन्त्र नेपालमा ।
प्राप्त उपलब्धिलाई गर्न नसक्ने ब्यवस्थित ।
लोकतन्त्रको उपलब्धि भ्रष्टाचार चरममा ।
निस्तेज राज्यका अवयव,कसलाई के भनौं ।

हजारौंका पूछीय सिन्दूर, भए काख खाली ।
हिंडेकीछन् आमा कोखको वेदना पोखदै।
नौ महिना कोखमा राखी त्यसलाई जन्माएँ ।
दशधारा दुध चुसाउँदै त्यसलाई हुर्काए ।

कहिले काख कहिले पिठ्यूँ कहीले डोकामा ।
कहिले झोलुङ्गोमा ,कहिले गुन्द्री चिसो भुईमा ।
लड्दै पड्दै हुक्र्याएको संघर्ष गर्दै समाजमा ।
आज के देख्नु पर्‍यो लाश आयो वाकसमा ।

को खाई को खाई भन्दै ,भन्दै अन्नपानी खुवाई ।
ताते ताते भन्दै ,भन्दै त्यसलाई जवान बनाएँ ।
बक्रदृष्टि त्यसमा क्रान्तिकारीको खोलओढी ।
कोहीले बमबन्दुक बोक् कोहीले भन्ने सुराकी ।

न त चेतना राजनीतिको न त वैरभाव कसैमा ।
वित्थामा बन्दूक उठाई कसको हान्ने शरिरमा ।
बन्नु थिएन सुराकी हामी किसानको बसाई ।
विद्वेष फैलाउने समाजमा ,समाजको बसाई ?

माया लाग्ने शरिरकोे स्थीति गरिवै भए पनी ।
सद्भाव थियो समाजमा थिएनन् कोहि पराई ।
चेपुवामा पर्नु भन्दा रोजाई विदेशको भगाई ।
नियतिले के गरायो संवेदनहिन समाज बनाई ।

मर्नु थियो विदेशमा भने यहि धर्तिमा मर्दथ्यो ।
दिएनन् पसिना बगाऊँन आफ्नै पाटोमा पनि।
हुने रहेछ काख सून्य किन पठाएँ त्यसलाई ।
हा ! दैव यो दुःखीको जीवन कस्तो बनाइस् ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *