कथा : कमरेड

~स्वप्नील बादल~

शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ | र म एकोहोरो भय र आतांक पोतिएको मिर्ग रुपी सिंहको आहारझैँ शिथिल भएर तिम्रो आड लिरहेको थिए | कमरेड तिमीमा एउटा  सिंगो युगपुरुषको गुण थियो | नत्र कसरी कुनै बेलाको परेवाझैँ शान्त,शुशिल मानिस त्येसबेला तेसरी बाघझैँ  गर्जिन सक्थ्यो | कसरी सामान्य मानिस एती धेरै रक्तिम हुन् सक्थ्यो | तिमी नभएको हुदो हो त हामी एक पल पनि त्यो लडाईमा टिक्न सक्थेनौ होला |

मिर्त्यु एति सम्मपनि  लाचार हुदो रैछ, मैले तेती बेला महशुस गरे जति बेला मलाई शत्रुको घेराबाट   छेक्दै, बचाऊदै  मेरो नाम लेखिएको गोली तिमीले एक्लै खाएको थियौ | तेसबेला यस्तो लागेको थियो कमरेड, यदी गोला बारुदहरु  मानिस भित्रको आत्माविश्वास, दृढता र स्वाभिमानले छेक्न सक्ने भएको भए , त्यो गोलीले तिम्रो छातिमा ठोकिएर विपरीत दुई गुना बेगमा फर्कन्थ्यो होला | रक्ताम्य तिम्रो शरीरमा देखेर होला म  बेहोशिमै भकानियेर  अन्धा धुन्द गोली बर्साउने थाले, कतिलाई ढाले, कतिलाई घाइते पारे थाहाछैन | यति होकि  कमरेड यो उधारो  शरीरले,गोली  युद्ध जित्न  भन्दापनि तिम्रो लाशमाथि अन्तिम  लाल  सलामीको रुप  अर्पण गरेको थियो  | नभए यो कातर  भरियाले ले कसरी बन्दुक  चलाउने शाहास गर्न सक्थ्यो र ?? त्यो पाल्पा, तानसेन बजारको लडाईमा तिमी लगाएत हाम्रा कयौ साथीहरु सहिद भए र त्यो भन्दापनि म जस्ता हजारौको  भित्र  दभियेर रहेका   कायेरता, निर्भालता, लाचारीपनि  संगै मर्यो  | हो कमरेड ! मलाई त्यो दिन देखि तिम्रो याद बहेक अरु केहि संग डर लागेन |

मलाई आज पनि याद छ कमरेड, देश जोगाउन पर्छ भनि तिमी  भोक-भोकै डाडा काडा दौडेको | हामी जस्ता चार-पाच जनाको हुल, एउटा नरकटुवाल पेस्तोल र खुकुरी हुन्थ्यो तिमीसँग, त्योभन्दा गहकिलो  तिम्रो आवाज थियो  त्यो भन्दापनि शक्तिशाली तिम्रो धैरेता, आत्माविश्वास र अरुको भावना प्रतिको सम्मान थियो| तेही भएरै होला सानो समुह बाट ठुलो हुल बन्न धेरै समय नलागेको | थाहा छ कमरेड मलाई तिम्रो भारी कहिले गरुङ्गो लागेन किनकि एउटा विश्वास सधै मनमा जमेको हुन्थ्यो-  कि यदी कतै  म लडे भने मलाई उठाउन तिमी आउनेछौ | म  बिचमै कतै मरे भने तिमी मेरो लाशलाई सम्मान दिई जलाउने छौ |  तर कमरेड मैले सकिन त्येसदिन  तिमीलाई उठाउन न नै अन्तिम पटक आफ्नो रछेकको  सम्मान गर्न | मेरो जिबनकै बोझिलो भारी तेस बेला महशुस गरे जुन बेला मेरो कादबाट  तिम्रो भारी सधैको लागी  खोसिएको थियो  | तर पनि मैले तिम्रा सिद्धान्तहरु उठाए, तिम्रा आदर्शलाई  आत्मसाथ गरे, तिम्रा विश्वासहरुमा यो  देशको र आफ्नो  भविष्यहरु जोडी दिए  र होमिए क्रान्तिमा “कमरेड अग्नि  “ बनेर  |

१० बर्षको लामो जनयुद्ध भयो |कयौ लडाईहरु लडियो, कति आफ्ना सहिद भए कति पराइका घर बार उजाडियो | तर प्रतेक पटक तिम्रा आदर्शहरुले मेरा बाटाहरुको मार्गदर्शन गरायो | देशमा कयौ परिवर्तन आयो, जनयुद्ध देखि जन आन्दोलन सम्म, हाम्रा लाल सेनाहरुको समायोजन देखि पुनर्स्थापना सम्म, शान्ति संझौता देखि संविधान सभाको निर्वाचन सम्म,प्रधानमन्त्री प्रचन्ड देखि शुशील सम्म, कति परिवर्तन भए कति र अन्तिममा तिमी भनेको जस्तै भयो कमरेड  २४० बर्षे राज संस्था ढल्यो, नयाँ  संबिधान आयो | हो कमरेड! अब यो युगले काचुली फेर्दै छ |

जय देश !!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *