कविता : आस्था पालेर बाँचौं

~कुन्दन काफ्ले~

सुक्न थाले हिउँ पनि हिमालयको शीरको ।
लुक्न थाले बनचरी कठै पहाडको भीरको ।
झुक्न थाले गौरवहरु गोर्खाली वीरको ।
चुक्न थाले विश्वास पनि आस्थारुपी तीरको ।

बचाऔं बच्छ हाम्रै सम्मान औ स्वाभिमान ।
बनाऔं बन्छ हाम्रै साँझ अनि विहान ।
बढाऔं बढ्छ हाम्रै प्रतिष्ठा र शान ।
हसाऔं हाँस्छ हाम्रै देश यो महान ।

रिस, राग, इष्र्या, द्वेष त्यागेर हामी बाँचौं ।
दया, माया, प्रेम, करुणा पालेर हामी हाँसौं ।
गीत संगीतसँग प्रीत लाएर हामी नाचौं ।
रिति–रीवाज, कला–सँस्कृति माझेर हामी साँचौं ।

००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.