~कात्यायन~
– चित्रकारले सानो छंदा एउटा चित्र बनाएकोथियो | चित्रमा आकाश थियो ! इन्द्रेणी थियो ! मयूर नाचिरहेको थियो !
– उसले केही वर्षपछि त्यही चित्रमा – बादल थप्यो; वर्षात थप्यो; चट्रयांग थप्यो |
– अनेकन वर्षपछि फेरि त्यही चित्रमा केही थप्न खोज्यो; तर थप्नै मिलेन |
– बादलले आकाश ढाकिसकेको थियो; बर्षातले ईन्द्रेणी हराइसकेको थियो; चट्रयांगले मयूर मरिसकेको थियो |
– त्यसपछि उसले कहिल्यै सजीव-चित्र बनाउने आँट गरेन |
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)