कथा : बिद्रोह

~नवराज शमिर~

आमा,
म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । म स्‍मृतिको पन्ना पल्टाएर नौ महिना पछी फर्किन्छु र त्यो रातको घटना सम्झन्छु । सायद माघे सन्क्रान्तीको दिन थियो । बाटो छेउको हाम्रो घर अनी त्यही घरमा खोलिएको भोजनालय । जगत बहादुर लाहुरे हाम्रो घरमा बास बसेको थियो त्यो रात ।

रातको एक बजे मेरो निन्द्रा खुल्यो । चकमन्न रात । लाहुरेको रेडियोमा हिन्दी सिनेमाको गाना बजिरहेको थियो अचानक मैले पल्लो कोठामा तिमी र लाहुरेको यस्तो बार्तालाप सुने –

“धनमाया,म तिमीलाई छोड्न सक्दिन ।”

“त्यसो भए मलाई लैजानुस् न त ।”

“पक्का जाने हो त ?”

“जान्न होला त हजुरले जाउ भने पछी ।”

“त्यसो भए भोली सखारै हिडौ हामी हुन्छ ?”

“हुन्छ ।”

तिमीले अन्तिम जवाफ दिए पछी खितिती हासेको सुने मैले । तिमीहरु दुबै जिस्किदै थियौ । चुम्बन गरेको आबाज प्रस्ट सुन्दै थिए म । केही क्षण पछी खाट बज्न थाल्यो । खाट कराइ रह्यो । तिमीहरुले लामो लामो श्वास फेरेको र निरन्तर खाट बजेको कुराबाट त्यता के हुँदैछ भन्ने मैले स्पस्टसँग अनुमान लगाइ सकेको थिए ।

भोलीपल्ट गाउ भरी हल्ला फैलियो-धनमाया जगते लाहुरेसँग पोईल गैइन ।

तिमी पोईल गएको छ महिना पछी अचानक एक रात भयानक घटना घट्यो । म सुतिरहेको थिए । कोठा पूर्ण रुपमा अन्धकार थियो । एउटा मानब छाया म सुतेको ठाउँ तिर बढ्दै थियो । म चिच्याउन मात्र के आटेको थिए अचानक त्यो छायाले मलाई ग्वाम्म अङालो हाल्यो ।उ रक्सीले नराम्ररी मातिएको थियो । रक्सिको दुर्गान्धले म दिग्मिगाई रहेकी थिए । एउटा हातले मेरो मुख थुनिदियो । कानमा त्यसले कठोर आबाजमा भन्यो –

“नकरा । अरुले थाहा पाए भने तेरो जीवन बर्बाद हुनेछ ।”

आबाज सुने पछी मेरो पुरै शरीर थरर काम्यो । म रोए । म गिडगिडाए –

“बिन्ती छ,यस्तो पाप नगर ।”

“एक पटक मात्र । फेरी कहिल्यै गर्दिन तिमीलाई यस्तो । आज एक पटक मात्र ।”

मेरा लुगाहरु उतारिन थाले । म रुदै थिए । लुगा उतारिदै थियो । मलाई खाटमा पुरापुर उत्तानो पारीयो । म लाचार थिए । त्यो राक्षस मेरो शरीर माथि लम्पसारियो । मोटो सर्पले मेरो शरीरमा आफ्नो खिल गाड्यो । सर्पले मलाई डस्न थालयो । म तड्पे । म छटपटाए । त्यसले स्वाद मानेर मेरो गाला चुम्यो । मेरा दुई नयनबाट बलिद्र अस्रु धारा बगिरहेको थियो ।

त्यो दिन पछी पनि म बलात्‍कृत बन्ने क्रम रोकिएन । हरेक रात रक्सिले मातिएर आउने त्यो नर पिचाशको ज्यादाती मैले सहिनै रहे । मैले ईज्जतको डरले त्यो राक्षसको ज्यादाती सहने काम गरिरहे । तर सहन शक्तिको पनि सिमा हुदो रहेछ । आखिर मैले बिद्रोह गर्नु पर्‍यो । भयानक बिद्रोह । हिजो राती मैले बलात्कारको क्रमलाई भङ गरिदिए । आखिए सहनशिलताको पराकास्ट नाघे पछी मान्छे बिद्रोही बन्दो रहेछ । मैले पनि बिद्रोह गरे । मैले हिजो राती तिम्रो पूर्व पतिलाई खत्तम पारी दिए । रने नाउको राक्षसलाई मैले हसियाले गिडिदिए । म त्यसलाई बाबु भन्दिन । त्यो राक्षस हो । तिमी पोईल नगएको भए शायद यि सब घटनाहरु घट्दैनथ्यो होला । तिमी प्रती पनि म भित्र खसै कुनै सम्मान छैन । तिमीले पनि आफ्नो मात्र स्वार्थ हेरयौ । रनेको लाश खाट मुनी लडाईंदिएकी छु । बिदा पाउ । उही तिम्री अभागी छोरी-रमली ।

धनमायाले पत्र पढ्दा बिहानको आठ बजेको थियो । पत्र पढिसकेर धनमायाले आशु झारिन । भित्र कता कता औडाहा भएर आयो । भक्कानिदै तिनी तला माथी चढिन । कोठा भित्र छिरेर खाटमा घोप्टो पारीन र सिरकको फेरो मुखमा कोचेर घुक्क घुक्क गर्दै रोईन । यता ठीक त्यही बेला रनेको लाश खाट मुनीबाट निकालेर प्रहरिले आगनमा ल्याएर राखिसकेको थियो । मान्छेहरु जम्मा भएर तमासा हेरिरहेका थिए । उता रमली भने यही समयमा रक्सौलबाट रेल चढेर कतै जादै थिई । झ्याल तिर बसेकी रमलीका नयनहरु आकाश तिर हेरेर टोलाई रहएका थिए । रेल एकतमासले दौडिरहेको थियो ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *