~रन्जु ‘मार्ग’~
निकै दिन भै ‘सकेको थियो उसले त्यो कारखानामा काम गर्न थालेको | ऊ फलामबाट घरायसी हतियारहरु हँसिया ,खुर्पा ,बन्चरो ,तरबार -खुँडाहरु बनाउने काम गर्दथियो | ऊ त्यही काममा दिनभरी ब्यस्त हुन्थियो |उसलाई यता उता जाने फुर्सद पनि हुदैनथियो |
+’घरमा खानको लागि अन्नको एक दानो पनि छैन ‘-उसकी श्रीमती अमिलो मुख बनाउदै नजिक आएर भनी |
ऊ एकाग्रह भएर काम गरिरहेको थियो | उसले श्रीमती आएको चाल पाएन |
+’होइन, किन सुन्या नसुन्या गर्नु हुञ्छ हँ ?भालेको डाँकमा घर छोड्नु हुञ्छ ,अँध्यारो भएपछि घर पुग्नु हुञ्छ |घरमा के खाएका छन् ,कस्तो खाएका छन् केही वास्ताब्यस्ता छैन है ?’- श्रीमती झनै चर्किएर बोली |उसको एकाग्रताको फाइदा लिई |
-‘साहुले काम गरेको पैसा दिएका छैनन | एक हप्ता पछि मात्र ज्याला दिन्छु भनेका छन् ‘- उसले बिस्तारै मुख खोल्यो |
+’त्यसो भनेर कहाँ हुञ्छ ?के हामीले चाँही खानु पर्दैन ?’-श्रीमती मुर्मुररी|
-‘अहिलेलाई यता उता गरेर चलाउन |
+’कसले दिञ्छ सापट हामी जस्तो मान्छेलाई ?’- श्रीमती चरेसको भाँडा बजे जस्तो गरी बजी |
-‘ म के गरौ त ?फेरी साहुको सामानपनि राम्रोसंग बिकेको छैन |’–उसले निधारको पसिना पुछदै भन्यो |
-‘सामान नबिकेर के भो त ,गरेको पैसा त दिनु पर्छ नि !यी साहुहरु सबै गरिबमारा हुन् |यिनीहरुको ढुंगा जस्तो मन हुञ्छ |अरु मरोस कि बाचोस यिनीहरुलाई केही वास्ता हुदैन |’
‘किन यसरी ठुलो स्वरमा कराएकी ? अहिले साहुले सुने भने ?’-उसको मुटुको धड्कन बढ्न थाल्यो | धड्कन संगै उसले घन जोड जोडले चलायो |घनले फलाम होइन आफ्नै औंलाहरू फोरी दियो |ऊ रक्ताम्मे बन्यो |
‘+डाक्टरलाई बोलाउँ ? ‘ — श्रीमती आत्तिई |
‘-पर्दैन | साहुलाई बोलाऊ ,अनि पैसा लिएर जाऊ !’
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)