गजल : बयान भएन अरे

~रिता खड्का ‘त्रिलता’~

मैले लेख्ने शब्द शब्दमा उनको बयान भएन अरे
बिहान बेलुका भर पर्ने, नुनको बयान भएन अरे

यस्तै यस्तै गुनासो आउन, थाल्यो है हिजो आज
सधैँ जुन सँगै बसेर नि, जुनको बयान भएन अरे

भोगाइ र लेखाइको पात्र,फरक फरक भयो भन्दै
भन्छ अझै बचाई राख्ने, खुनको बयान भएन अरे

मेरो काल्पनिक मनको, पात्र माथि औँला उठ्यो
अंगाल्दा चादीलाई मैले, सुनको बयान भएन अरे

दवाब आको छ लेख्नुपर्ने,गजल उनकै प्रशंशामा
चोट मात्रै लेखेर बस्दा, गुनको बयान भएन अरे

भलायखर्क, लमजुङ्
हाल दक्षिण कोरिया

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.