गजल : टाउको दुख्न थालेको छ ?

~सोम खनाल~som-khanal

किन अचेल धेरै टाउको दुख्न थालेको छ ?
बिना सित्ति ओठ-तालु सुक्न थालेको छ ।

कर्म के हो, लक्ष केहो, बिर्षिएको जस्तो
अकर्मण्य हुंदा शीर झुक्न थालेको छ ।

जान्ने चिन्ने साथी संगी, नचिने झै गर्छन
आफ्नै घरको कुकुर समेत भुक्न थालेको छ ।

‘धेरै माथि पुग्नु पर्ने’ जांगर चल्थ्यो पहिले
हिड्दा हिड्दै पाईला अचेल रुक्न थालेको छ ।

हेरौ भने रहर लाग्ला, शहरका लिला
दृष्टी पनि आंखा भित्रै लुक्न थालेको छ ।

निकै दह्रो होला जस्तो लाग्थ्यो भित्री मन
अचेल सानै चोटले पनि चुक्न थालेको छ ।

January 25, 2017

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.