गीत : मुटु जली रहे छ

~बिनोद ढकाल~

मुटु जली रहेछ, यो मन गली रहेछ
तिम्रो याद आइदिँदा, आँसु त्यसै बगेछ
आँसु त्यसै बगेछ
मुटु जली रहेछ ।

मिलनका हरेक पलहरु, मुटु भित्र कहीँ बसेछ …X 2
बिपना मै सपना देख्ने (बानी मलाई परेछ) X 2
हुरी चली रहेछ, घाऊ दुखि रहेछ
तिम्रो याद आइदिँदा, (आँसु त्यसै बगेछ) X 2
मुटु जलिरहेछ …………..

तिम्रो मायाको न्यानोपनमा मेरो माया बाँची दिएछ X 2
तिम्रो ओठका मुस्कान सम्झी, (मेरो हाँसो बिलाई दिएछ ) X2
जीवन ढलिरहेछ , व्यथा बढीरहेछ
तिम्रो याद आइदिंदा, आँसु त्यसै बगेछ X 2
मुटु जाली रहे छ ………

शब्द : बिनोद ढकाल
स्वर/संगीत : भक्तराज आचार्य

This entry was posted in नेपाली गीत and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *