लघुकथा : बिछोड

~केशवकुमार दाहाल~

बिछोड शब्द आफैमा कति पीडादायक हुन्छ, केही दिन त के, केही छिनको बिछोड पनि धेरै दुःखद् हुन्छ भने कहिल्यै पनि मिलन नहुनेगरी भएको बिछोड झन् कति पीडादायक हुन्छ होला ! त्यो अकल्पनीय नै हुन्छ ।

हो, उनी अर्थात् माया र मेरो बीचमा वैवाहिक सम्बन्ध जोडिएदेखि हामीमा अगाध स्नेह थियो । त्यही प्रेमको सौगातस्वरुप हामीलाई दुई सन्तान प्राप्त भएका छन् । ती दुई सन्तान पनि हुर्केर आ–आप्mनो भविष्य निर्माणको पथ खोज्दै हाम्रो काख छोडी टाढा गइसकेका छन् । घरमा मात्र दुई प्राणी थियौं र सुख–दुःख जे परिआए पनि बाँडेरै व्यहोथ्र्यौं ।

बिहानको खाना खाएर म आफ्नो अफिसमा जान्थें । उनी पनि दिन काट्ने बहाना भनौं वा समाजमा महिलाको सेवा गरौं भन्ने भावनाले प्रेरित भएर भनौं उनी पनि खाना खाएर सहकारी संस्था, महिला समूह, विभिन्न संस्था आदिमा सक्रिय हुन्थिन् र गाविसका महिलाहरुलाई परेको पारिवारिक, सामाजिक र अन्य कुनै समस्या निराकरण गर्न लाग्थिन् । यसै कामले गर्दा उनीप्रति धेरैले विश्वास पनि गर्थे । जसले गर्दा छोटो समयमा नै उनी धेरैसँग परिचित पनि भइसकेकी थिइन् । उनीको कुरा गर्ने शैली र तर्क गर्ने क्षमतामा मलाई पनि गर्व लाग्थ्यो । हामी दुबैजनाको भेट बेलुका घरमा हुन्थ्यो र दिनभरको आ–आफ्नो गतिवधि र क्रियाकलाप सुनाउँदै प्रेमालाप गर्दथ्यौं । यसैगरी हाम्रो जीवन व्यतित भइरहेको थियो र हामी पनि हाम्रो जीवनदेखि खुशी र सुखी पनि थियौं । तर हाम्रो प्रेम र सुखलाई दैबले देख्न सकेन र हामीबीचको प्रेम सम्बन्ध जीवन हुन दिएन । फलस्वरुप एक दिन यात्रा गर्दा उनी हाइस दुर्घटनामा परिन् र जिन्दगीमा कहिले मिलन नहुने गरी मसँग बिछोड भइन् । आज त्यही अकल्पनीय विछोडको पीडा सहँदै जीवनका भोगाई भोगी बाँचिरहेछु केवल उनको यादमा ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *