गजल : राम्रै थियो क्या रे !

~दुर्गाप्रसाद ग्वालटारे~

बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे !
काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे !

धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ
यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो क्या रे !

मेलम्चीको सपना थ्यो, बर्षौं लगाई घरमा ल्याएँ
हावा आयो म के गरूँ, हिटी राम्रै थियो क्या रे !

उन्नतिको हिमाल चढ्न, कर्मी खोजी भर्‍याङ् हालेँ
चिप्लिएँ त म के गरूँ, सिँढी राम्रै थियो क्या रे !

साहित्यको पूजा गर्न, सकेसम्म कलम धसेँ
भाषा बिग्रे म के गरूँ, लिपि राम्रै थियो क्या रे !

कनिकुथि कुलो खन्यो, ग्वालटारमा “ग्वालटारे“ले
सुख्खा लाग्यो म के गरूँ, डिही राम्रै थियो क्यारे !

२०७३ जेठ १५
काठमाडौ ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.