गीत : आकाशबाट म उडी आउने

~शान्ति शाह~

आकाशबाट म उडी आउने थिएँ नभुली
तिमीले मलाई प्रिती दिए एकफेर मात्रै डाकिदिए ।

एकलासे वन एक्लो छ मन
जीवन बग्दो पानी
टुट्दो एक कहानी
अनि झर्दो जवानी
तिमीले मेरो हात थामिदिए, वचन मानिदिए
हाँस्थ्यो कि जिन्दगानी ।

मुटुको धड्कन बनेर यौवनको तड्पन बनेर
तिमीले ममा छाइदिए स्वपना बनेर आइदिए ।

आऊँला म एकदिन तिमीलाई खोज्न
रोज्न फूलको माझमा
थाकी घाममा, बास बस्न साँझमा
तिमीले मलाई रुने ठाऊँ दिए लुक्ने ठाऊँ दिए
घुम्टोको बिचमामा ।

जुनेली रात हेरेर आँगनमा एक्लै बसेर
तिमीले मलाई सम्झिदिए सम्झेर एकफेर रोइदिए ।

शब्द : शान्ती शाह
स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *