लघुकथा : अस्तित्व

~संकलक : गोपालप्रसाद पौडेल~

तह र तल्लाका कुरा हुन । तह भन्ना साथ एक अर्काका पुरक मानिन्छन । एक अर्काका सहयोग बिना कुनै पनि पक्षको अस्तित्व रहदैन । यस्तै एउटा काहानी हामी सबैलाई थाहा भएकै हो । त्यो कथा एउटा घरको जग, तल्ला र छानाका बिचको हो । छानामा घमण्ड भएछ आफ्नो अस्तित्वमा । उस्ले सोचेछ कि उसको अस्तित्व त्यो घरका अरु त्यहाँ र क्षेत्रमाझ सबै भन्दा महत्वपूर्ण रहेको छ । उस्ले बिचको तल्लालाई यो कुर ठट्टै ठट्टामा भए पनि एक्दिन भनेछ नै । उस्को अनुसार छाना नहुने हो भने घरको कुनै अस्तित्व नै छैन । छानाले नै घरको स्वोरुप निर्माण हुन्छ रे । छाना नै सम्पूर्ण घरको संरक्षक हो रे । यो कुरा सुनेर बिचको तल्लालाई अचम्म लागेछ र रीस पनि उठेछ । बिचको तल्लाको अनुसार आफ्नु अस्तित्व बिना छानाको कुनै अस्तित्व रहदैन । त्यसैले आफु नै ठुलो हो भन्ने घमण्ड बिचको तल्लालाई थियो । पानी परेको बखत र चर्को घाम लागेको बखतमा त छानाको घमण्डले त आकाश नै छुन्थ्यो । छाना आफुलाई निकै नै ठुलो र महत्वपूर्ण ठान्थ्यो । यस्तै बिचको तल्लाको त कुरै नगरौं कि उसको अनुपस्थितिमा छानाको कल्पना पनि गर्न सकिदैन भनेर छाती नै पिटेर भन्थ्यो ।

सधैंको पोउंठेजोरी र छाती पिटापिट्ले एक प्रकारको कलहको रुप लिइसकेको थियो । निन्द्रामा मस्त जग चाँही यि दुइको हल्लाले आधा सपनाको भान गरिरहेको थियो । उता बिचको तल्ला चाँही जिउ मर्काइ मर्काइ छानालाई तर्साइरहेको थियो । छाना चाँही फाल हालेर बिचको तल्लालाई अलपत्र बनाउने धम्कै दिकै थियो । आफ्नु निन्द्रा बिगार्ने हल्लाले जग भने अली अली रिसाउंदै अली अली दुखित हुँदै यि दुइको झगडा रोक्ने जमर्को गर्ने तर्खरमा देखिन्थ्यो । तर तेसै झगडा रोकिने छांट थिएन । बिचको तल्लालाई जती सम्झाए पनि कुरा सुन्नी छांट देखिएन । जग बुढो चाँही यि दुइको झगडामा खानु न पिनु फसिरहेको थियो । आफु पाको भएको नाताले पनि जगलाई आफुले भनेको कुरा र आफ्नु मद्घत सबैका लागि महत्वपूर्ण हुनुपर्ने ठान्नु अनुपयुक्त पनि थिएन । तर यो कुरा बिचका तल्ला र छानाका निम्ती महत्वपूर्ण लागेन । कसै गरी पनि यि दुइका बिचका झगडा साम्य नभएपछी जगलाई निकै झोक चलेछ । आफु बुढो भएको कारण नै हेपिएको भान उसलाई भाईरहेको थियो । यो कुरो सांचो थियो पनि ।

भोली पल्ट सखारै फेरी चाना र बिचको तल्लको बिच निकै ठुलो झगडा भयो । झगडा गर्दागर्दै ठुलो दुर्घटना हुन सक्ने सम्भावना देखेर जगले एसो आङ तान्यो । जिउ यसो दाँयां बाँयां मर्काएर यसो छाना तर्फ हेर्यो । जगको अकसमातको आङ तनाई र जिउ मार्काइले पुरा घरमा ठुलो भु-कम्पको महसुस भयो । छानाको एकातर्फको टुंडाल भांच्चिएर तल खस्यो । बिचको तल्लाले सहारा दिइरहेको झ्याल खसेर टुक्राटुक्रा भयो । यि सबै घटनाले छाना र बिचको तल्ला हार गुहार गर्दै जगलाई शान्त हुन आग्रह गर्न थाले । तर जगले दुवैका कुरा सुनेको नसुने झै गरी फेरी जिउ मर्काउन थाल्यो । यस् पटक छानाको केही भाग नराम्ररी क्षतबिक्षत भए । बिचका तल्लाको केही भाग चर्किए । आफ्नु दुर्दशा भएको देखेर छाना र बिचको तल्लले जगलाई शान्त हुन आग्रह गर्दै अब देखी आफुहरु कहिले पनि झगडा नगरने वाचा गरे । साथै आफु भन्दा ठुला र बुढापाकाका कुरा सुन्ने र मान्ने वाचा पने गरे । संसारमा सबैको अस्तित्व आ-आफ्नु ठाउमा महत्वपूर्ण भएर रहे ता पनि एक अर्काको अस्तित्वसँग मेल राख्ने गरे कायम भएको हुन्छ भन्ने कुरालाई आफुहरुले स्विकारेको विश्वाश पनि दिलाए ।

गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज
2007-03-11

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *