लघुकथा : गुप्त-सुरुंग

~कात्यायन~dhanwantari-mishra-katyayan

– एउटा गोष्ठीमा राजनीतिशास्त्रका शिक्षक र विध्यार्थीहरूबीच संवाद चलिरहेको थियो |

– “राजनीतिको मूख्य उद्देश्य के हो ?”

– “शासन गर्नु |”

– “पढाईको ?”

– “प्रशासन सम्हाल्नु |”

– “शासन र प्रशासनको समानता ?”

– “सरकार चलाउनु |”

– “सरकार कसरि चल्छ ?”

– “शोषण गरेर |”

– “यिनीहरूको भिन्नताहरू ?”

– “एउटाले नीति तर्जुमा गर्छ र अर्कोले कार्यान्वयन |”

– “अनि प्रशासक र शासकको अन्तर नि ?”

– “प्रशासक, आफू र आम-शासितलाई कसरि शासन गर्ने भनेर शासकलाई योजना बनाउन सिकाउँछ | शासक त्यही योजना लागु गर्न खोज्छ |”

– “योजनाहरू सफल हुन्छ त ?”

– “हुँदैन |”

– “अनि योजना कसरि असफल बन्छ त ?”

– “किनकि योजनामा दुवै उम्कन सकिने गुप्त-सुरुंग राखिएको हुन्छ |”

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.