कविता : बल्ने देश किन निभेको

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

लम्क लम्क युवा हो देश बनाऊन ।
नयाँ नयाँ सिर्जनाले देश चिनाऊन ।
धप्प धप्प बल्ने देश किन निभेको ।
चन्द्रसूर्य अंकित झण्डा किन झुकेको ।

आ आफ्ना दलकाझण्डा लागे उठाऊन ।
चन्द्र सूर्य अंकीत झण्डा राखे किनारमा ।
नेपाली हुुूँ मनलाग्छ झण्डा उठाऊँन ।
नेपाल देश अक्षुण रहोस् गर्छु कामना ।

दल दल दल दल जहाँतहीँ दल मिश्रित ।
दलविना बाँच्न नपाउने कस्तो लोकतन्त्र ।
छैन अवसर कहि कतै दल बिनाको ।
सबै पञ्च नेपाली भन्थ्यो पञ्चायतले ।
दल बिशेषको नागरिक कस्तो लोकतन्त्र ।

म त हुँ नागरिक देश नेपालको ।
प्यादा होईन कुनै दलको देशको सिपाही ।
चिम्टी चिम्टी माटोको माया छ मलाई ।
रक्षा गर्ने नेपालको म हुँ सिपाही ।

मान्य छैन लुकिछिपी गरेका सन्धिसंझौता ।
यहि भित्र लुकेको छ राष्ट्रियताको परिभाषा ।
नेपाललाई किन चाहियो कोशी उच्च बाँध ।
के पायो नेपालले कोशी गण्डकी महाकालीबाट ।

बिद्धंशको नायकहरुबाट देश बन्दैन ।
तिनले जोरेका दौलत नेपालीको हु‘दैन ।
जडशुत्रवादको नाराले देश टिक्दैन ।
नेपालीको घरमा चुलो बल्ने बनाऊन ।
लम्क लम्क युवा हो बिकृतिका बिरुद्धमा ।
नयॉ नया सिर्जनाले देश चिनाउन ।

किन पाल्ने सेतो हाती भन्थे पहिले ।
हजारौं सेतो हाती जन्मे अहिले ।
सतीले श्राप दिएको रहेछ यो देश ।
सेतो हाती पाल्नकोलागि जन्मेको देश ।

लम्क लम्क युवा हो देश बनाऊन ।
नयाँ नयाँ सिर्जनाले देश चिनाऊन ।
धप्प धप्प बल्ने देश किन निभेको ।
चन्द्रसूर्य अंकित झण्डा किन झुकेको ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *