लघुकथा : कर्म

~पूर्णप्रसाद ब्राह्मण~

इश्वरले मानवलाई राती आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव, तँ कर्म गर ।”

त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार गर्यो, अन्वेषण गर्यो । वास्तवमा कर्म के ? हो पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँड्यो, आवादी गर्यो, चित्त बुझेन । ओडार खोज्यो, कुटी बनायो, गाउँ सहर बसायो, तैपनि चित्त बुझेन । वास्तवमा कर्म के हो?”

अनन्त वर्षछि आजित भएर मानव मन्दिरका देवताहरू कहाँ गयो र सोध्यो, “वास्तवमा कर्म के हो ?”

उनीहरूले पनि त्यस्तै जवाफ दिए, “तिमी त जान्दैनौ, तिमीले कुँदेका हामी के बताऔँ कर्म यो हो ? हामी त ढुङ्गा न हौँ । चेतना र वाक् त तिमीसँगै छ, यति पनि भावनाले पो बोलेको त !”

फेरि केही समयपछि अज्ञानविह्वल मानवले सबै शास्त्रहरूलाई जम्मा गरेर सोध्यो, “वास्तवमा कर्म के हो ?”

उनीहरूले पनि त्यस्तै जवाफ दिए, “तिमी त जान्दैनौ । हामी त तिमीले तुनेका गन्थन त हौँ । के जानौँ कर्म यही हो भनेर । हामी त जड अक्षर न हौँ । चेतना र वाक् त तिमीसँगै छ । यति पनि तिनै उन्मादले बोलेको पो त ।”

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.