सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~kumar-kafle

-एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ।

-यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे।

-सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्।

-विदा नपाएकाले उनीहरू मान्छेको दिल छोडेर कतै जान सकेनन्।

-बरु मान्छेभित्रै मन,मष्तिष्क र हरेक कर्ममा विचरण गर्न थाले।

-त्यसो गर्नाले तिनीहरूको आयतन र महत्त्व अझ बढ्न थाल्यो।

-लोभ र स्वार्थ नभएका मान्छे अनि घर भेटिन छोडे।

-विज्ञानको चमत्कार र प्रविधिको विकासले मान्छे चन्द्रलोक,मंगललोक र अन्तरिक्षका अन्यलोकमा पनि पुगे।

-लोभ र स्वार्थ त्यहाँ पनि मान्छेसँगै एकाकार भएर उपस्थित भएका थिए।

-त्यसपछि उनीहरूले सगौरव घोषणा गरे “हाम्रो कुनै सिमाना र अन्त्य छै‌न।”

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *