पुस्तक अंश : ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ

~बालकृष्ण सम~Balkrishna Sama

शण्ड – कुमार, पहिले जान, पढ विज्ञान बेसरी,
त्यसै विषयमा बोल जानेर अनि, च्याट्ट यो सबके बीचमा ।

प्रल्हाद– (एकै छिनपछि ) एक एक हो, ज्ञान यो मिल्यो,
जीवनीभर के जप्तै जाने, त्यो-दुइ होइन –
तीन होइन – ? यो मैले जाने संसारमा हरि
एक हुन्, सत्य हो एक, उसकी ज्ञान एक हो,
अगाडि एकको शून्य अज्ञान र असत्य हो,
पछाडि एकको शून्य जति जोडयो अनन्त छ त्यो
असंख्य सत्य हो सोही हो विज्ञान-अनन्त छ
बढ्छ त्यो जति जोडिन्छ, जानी जानी नसक्नु छ,
एउटा विन्दु जान्नाले तृष्णवसागर बढ्दछ
अझ जान्न्, नजानिन्छ, -समुद्र परमाणुको
सूर्यकै आयुको निंति अगाध र अपार छ
विज्ञान कर्म हो, कर्म गर्नुपर्छ गरिन्छ त्यो,
परन्तु बुद्धिमानी हो ज्ञानी निष्काम पाउनु
त्यो कर्ममा छ विज्ञान आफू बाहिर, ज्ञान छ
आफू भिज्ञ, उ टाढा छ खोजीमा हिंड्नु पर्दछ,
तर यो छ कलेजामा आफूभन्दा समेत, या
यसमा मन फर्काई भित्रनै घुस्नु पर्दछ
नमर्ने हुन उद्द्योग जत्ति विज्ञान गर्दछ,
उत्ति गर्दछ यो ज्ञान, खालि भेद छ यत्तिमा
ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ !

(स्रोत : बालकृष्ण समको नाटक ‘प्रल्हाद’बाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *