गीत : कहिले लाली गुँरास भै

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

कहिले लाली गुँरास भै कहिले सुनाखरी
फुलिदिनु तिमी मेरो दिलको वरिपरि

खडेरिमा जिन्दगीको, बर्षा बनेर
दुख्ख पिडा दर्द माझ, हर्स बनेर
तिमी मेरो अधेरीमा, फुल्नु जुनसरी
हाँसो छर्दै फुली दिनु,जीवन भरी भरी

बगरमा जिन्दगीको, हरियाली बनी
साँझको एकान्तमा, खुशीयाली बनी
शितलाई जोगाउने . दोबाटोको दुबोसरी
साहरा भै फुलिदिनु, मेरो यात्रा भरी

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
१९ फल्गुण २०६७

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *