सूत्रकथा : अस्तित्व

~कुमार काफ्ले~kumar-kafle

-जेठाले भन्यो,म मधेशमा बस्छु,म मधेसी हुँ,मधेस मेरो हो।

-माइलाले भन्यो,म पहाडमा बस्छु,म पहाडी हुँ,पहाड मेरो हो।

-कान्छीले भनी,म हिमालमा बस्छु,म हिमाली हुँ,हिमाल मेरो हो।

-अर्कोले भन्यो सूदुरपश्चिम मेरो मुटु हो,यो मेरो हो।

-केहीले भने,हामी कर्णालीवासी हौं,कर्णाली हाम्रो हो।

– पूर्वेलीले भने,पूर्व हाम्रो हो,यहाँ हाम्रो राज चल्छ।

-सन्तानको झगडा र लुछाचुँडीले पीडित आमाले भनिन्,शरीर विना आँखा,नाक,कान,हातखुट्टा लगायतका अङ्गको छुट्टै अस्तित्व के छ र?

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.