कविता : विद्द्वेषले बिद्धंश गराउने समाज

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बस्छु यहाँ तप गरेर ।
स्वच्छताको श्रोत बृक्ष वर ।
हर हर प्रवाह शितल ।
भएकोछ हृदय प्रफुल्ल ।
कञ्चन श्वाश हुन्छ प्रबाह ।
मेटीन्छ रीस राग द्वेश ।
श्रद्धा नहोला तपस्वी देखि ।
बसेको त हैन खरानी घसी ।
फगत पहरेदारी प्रकृतिको ।
गर्ने छन् घात प्रकृतिलाई ।
भोगी र ढोंगी सबै मिलेर ।
ढाल्ने छन् अबुझी बनेर ।
पहरेदार हुँँ प्रकृतिको ।
हुँ रखवारे मातृभूमिको ।
स्वच्छतामा स्वच्छ छ प्रवाह ।
कपटी मनले के देख्छ र ?
कोरा राष्ट्रवादका पक्षपाति ।
हुँकारको बोली राष्ट्रप्रति ।
कर्मको मर्म नबुझ्नाले ।
कर्म स्व—हितमा केन्द्रीतले ।
कोटरीको हुँदैछ बसाई ।
खुला संसार खुला छ मन ।
उन्मुक्त स्वतन्त्र समाजमा ।
भोगेको अधिनको समाज ।
अधिन प्यारो सत्ता भोगीको ।
कल्पना नौनी निरंकुशको ।
निरंकुशको विज नै निरंकुश ।
जुन बृक्ष हो फल त्यसैको ।
नरम हुँदैन निरंकुश ।
स्कूलीङ्घको रहने प्रभाव ।
उन्मत्तको स्वभाव सत्ताको ।
खोज्ने सुरक्षा निरंकुशताको ।
दर्पण हो समाजको चाहना ।
उभिदा देखिने अनुहार ।
आंैलाले छुदैमा लाग्ने दाग ।
सबुत हो ऐनाको कमाल ।
स्वतन्त्रतामा उब्जेको सवाल ।
पारदर्शीको भयो अभाव ।
आफु हुँदा आफ्नै झैं हुने ।
आफु नहुँदा पराई ठान्ने ।
रहेछ यो शक्तिको कमाल ।
पक्ष विपक्षको अनुहार ।
सौन्दर्य पक्ष , पक्ष ईतरको ।
साझा हो यो भूमि नेपालीको ।
नेपाली भै बस्ने मन हाम्रो ।
संभव आकांक्षा पूर्ण हाम्रो ?
नठगीयौं हामी हामै्र बाट ।
गर्दैनन् विभेद बृक्ष ले ।
गर्दा कार्वनको शोषण ।
समान प्रवाह छ श्वाशको ।
प्राणवायु हो यो प्राणीको ।
अक्सिजन मानव जिवन ।
धन्य छौ बृक्ष तिमी महान ।
कस्तो समानता बटबृक्षमा ।
प्रहार हँसिया बञ्चराले ।
रेट्छन् आरा करौतिले ।
पिडा बोध त हुँदो हो हाय ?
किञ्चित् भाव नराखि प्रवाह ।
ग-यौ योगदान समाजमा ।
बझ्दैनन् यि मुर्खहरुले ।
अन्योन्याश्रित बृक्ष मानव ।
मानवले प्रयोग औजार ।
मानवले बिद्धंश मानव ।
समाज छ कति विकराल ।
सन्तती हामी शालिनताका ।
को बाट सिक्यौं गर्न विनाश ।
महाभारतको हो प्रभाव ?
सत्यको सधै हुने विजय ।
सत्य टिकाऊँदाको लडाई ।
देवमा सम्मोहित प्रभाव ।
भिष्म द्रोण कर्ण जयद्रथ ।
दुर्याेधनको रथ सवार ।
थिए महारथी भन्थे अजेय ।
शकुनी कपटले सम्मोहीत ।
कुलवधुको लिंदा हुर्मत ।
पापिष्टको ग्रहण आहार ।
सत्यको पराजयको क्षेण ।
द्रौपदीको भयो चीर हरण ।
महारथीको नुगेको शिर ।
आऊ मेरा करुणा निदान ।
छोपिदेऊन या मेरो लाज ।
छन् यहाँ मेरा पाँच पति ।
अस्मिता लुटेको हेर्छौ कति ।
लाचार हे मेरा पाँच पति ।
धिक्कार छ तिम्रा बाहु प्रति ।
देवकी पुत्र , भएँ अनाथ ।
उद्धार गर यो लाज बाट ।
अदृश्य शक्तिको आब्हाहन ।
दिलाऊ मुक्ति कौरवबाट ।
तानेको साडी शरिर बाट ।
बाँकी छ मेरो अन्तर बस्त्र ।
छन् यहाँ मेरा मान्यवर ।
खुला हुने छ अंङ्घ प्रत्यङ्घ ।
हे मेरा प्रभु कहॉ छौ आज ।
बचाऊ लोकमा मेरो लाज ।
नीरीह छन् मेरा पॉच पति ।
सहारा नभएकी स्त्रीजाति ।
नीरीह छन् गुरु , पितामह ।
सिंहाशनमा छन् घृतराष्ट्र ।
दुर्याेधनको चल्छ छायॉ सरकार ।
मरेकै हो त न्याय कौरवमा ।
किन बोल्दैनन् ताज श्री ।
हुर्मत लिंदा कुल वधुको ।
दर्शक भएर बस्ने कुलगुरु । ।
आऊन मेरा करुणा निधान ।
यो संकटबाट मलाई निकाल्न ।
तिम्रो पुरुषार्थलाई धिक्कार्दछु ।
दौलतभन्दा नि निच वस्तु भए‘ ।
जुवाको खालमा थापीने भए‘ ।
कहॉ छ नारीको स्वतन्त्रता ।
इच्छाविना जुवाको खालमा राख्दा
सभामा नारीलाई निर्वस्त्र पार्दा ।
बोलेनन् कोही न्याय मर्दा
दुशासनले अवलाको शरिर मसार्दा
टुलुटुलु हेर्ने ताजश्री ,गुरु , बिदुर मान्यजन
शीर निहुराई बस्ने मेरा पॉच पुरुष
उद्धार गरन हा कृष्ण हजुर
देखीए मेरा अंग प्रत्य¨
बाच्ने आधार छैन मसंग
पापिको अन्नमा सन्नीहीत पाप ।
पापिको अन्न आहारले
बिग्रेको मान्यजनको मन
तान्नलागे सारीको टुप्पोबाट
कति फन्का नै हुन्छ र सारीको
भरी सभामा बचाऊन लाजबाट
सुनेर पूकार दै्रापदीको
जाग्यो करुणा अवोध नारीमा
तान्यो तान्यो सिद्धिदैन सारी
प्रभुको करुणाले लाज जोगीयो
सत्य करुणा दया र क्षमा
अनुशीलन गर्ने मानव समाज
अपूर्ण वर्तमानमा मेटीने इतिहास
विद्द्वेषले बिद्धंश गराउने समाज

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *