गीत : सारी दिउकी!

~निश्चल काउचा~Nischal Kaucha

तिम्रो दिलमा पनि पिरतीको बोट सारी दिउकी!
मलाई जस्तै भोक निन्द्रा नलाग्ने रोग सारी दिउकी!!

दोबटोमा भेट हुँदा नबोलेनी परेलीले बोलायो !
पधेरीमा हाम्रै चर्चा चल्यो लौन कस्ले हल्ला चलायो!!
तिम्रो दिलमा पनि पिरतीको बोट सारी दिउकी !
मलाई जस्तै भोक निन्द्रा नलाग्ने रोग सारी दिउकी!!

तिमी कन्या म कुमार यसैपाली लगनगाढो कसौ !
मारे पाप पाले पुण्य सात जूनीको चोखो नाता जोडौ!!
तिम्रो दिलमा पनि पिरतीको बोट सारी दिउकी !
मलाई जस्तै भोक निन्द्रा नलाग्ने रोग सारी दिउकी !!

-निश्चल काउचा
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.