सूत्रकथा : पागल

~कुमार काफ्ले~kumar-kafle

-मुकुन्दले जातीय विभेद र छुवाछूत मान्दै मानेन।

-महिला र पुरुषबीचको असमानता जरैदेखि उखेल्नुपर्ने धारण राख्यो।

-छोरीलाई पनि छोरा सरह उच्च शिक्षा र पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ भनेर वकालत गरिरह्यो।

-विद्यमान अन्याय,अत्याचार,शोषण, दमन र थिचोमिचोको भण्डाफोर गर्न थाल्यो।

-युवाहरूलाई सामाजिक न्याय स्थापित गर्न शोषण र उत्पीडनविरुद्ध लड्नुपर्छ भनेर प्रशिक्षण दिन थाल्यो।

-यो देखेर त्रसित अनि भयभीत टाठाबाठाहरूले उ विरुद्ध गोप्य बैठक गरे।

-बैठकको निर्णय अनुसार गाउँभेला बोलाईयो।

-पूर्वयोजना मुताविक उसलाई पागल घोषणा गरियो।

-ठूलाबडा भनाउँदाको डरले मुकुन्दलाई मन पराउनेहरू समेत चुँईक्क बोलेनन्।

– एक्काईसौं शताब्दी भने त्यो समाजलाई गिज्याईरहेको थियोे।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.